
गौरीगंज १६, वैशाख / गौरादहको फकिढिपमा साप्ताहिक महापुराण हुने, वैशाख १७ गतेबाट शुरुगौरादह नगरपालिका वार्ड नं. ७ फकिढिपमा वैशाख १७ गते बुधबारदेखि २४ गतेसम्म साप्ताहिकरुपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
श्री मुक्तेश्वर शिवालय मन्दिरको आयोजना हुने साप्ताहिक श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा प्रमुख वाचक पं. श्री राजु दाहाल, र पं. श्री गोबिन्द पोख्रेलको संगीतमय कथावाचन रहनेछ। श्री मुक्तेश्वर शिवालय मन्दिरकोे भौतिक संरचना निर्माण, धर्मशाला निर्माण र उक्त मन्दिर क्षेत्रलाई पर्यटकिय स्थालकोरुपमा विकास गर्ने उद्येश्यले श्रीमद्भागवत महापुराणको आयोजना गरिएको मन्दिर आयोजक समितिले जनाएको छ । वैसाख १७ गते बुधबारदेखि दैनिकरुपमा पाठपूजा, कथा भजन कीर्तन, झाँकी हुने र उक्त महापुराणमा दाता सम्मान कार्यक्रम समेत राखिएको छ ।
