१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

विषालु सर्पको डसाईबाट राजवंशीको मृत्यु



झापा, बैशाख १३ । झापाको बिर्तामोडमा विषालु सर्पको डसाईबाट एकजनाको मृत्यु भएको छ  । साँझ विषालु सर्प सेतो गोमनको डसाईबाट बिर्तामोड ७ भुसावारी बस्ने अन्दाजी ४८ वर्षीय सजनलाल राजवंशीको मृत्यु भएको हो । साँझ घरनजिकै पूजा गर्ने क्रममा झाडीमा उनलाई सर्पले डसेको थियो । घाइते राजवंशीलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ संभव नभएपछि बीएण्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिएका छन् ।

गर्मी बढेसंगै सर्पको विगविगी बढेको छ । आजै दिउँसो विषालु सर्पले डसेर बेलबारी नगरपालिका–४ स्थित हिमालय चोक निवासी कुमार विश्वकर्माका ६ वर्षीय छोरा विपिन विश्वकर्माको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ३९ बजे