९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

आम्दा अस्पताल दमकमा स्तरीय डायलोसिस सेवाबारे सम्झौता



दमक/ झापाको दमकस्थित आम्दा अस्पतालमा मिर्गौलाका बिरामीहरुका लागि पहिलो पटक स्तरीय डायलोसिस सेवा सञ्चालन हुने भएको छ ।
नेपाल सरकारद्धारा बिरामीका लागि निशुल्क सेवा प्रदान गरिने सूचीमा रहेको यो सेवा प्रदान गर्न आम्दा अस्पताल र ओमसाई पाथीभरा अस्पतालबीच सो सम्बन्धिमा सम्झौता भएको छ ।
भद्रपुरस्थित ओमसाई पाथीभरा आम्दा अस्पतालसँगको सहकार्यमा २० शैयाको डाइलोसिस सेवा विस्तार गर्न लागिएको आम्दा नेपालका सहसचिव समेत रहेका आम्दा अस्पताल दमकका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. नविन ढकालले जानकारी दिए ।
सम्झौतापत्रमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिखर कट्टेल र ओमसाई अस्पतालका निर्देशक बालकुमार पोख्रेलले हस्ताक्षर गरेका छन् ।
औपचारिक सम्झौता हुनु अघिनै आम्दा नेपाल र ओम साईबीचको समन्वयनमा आवश्यक पूर्व तयारीको काम धमाधम भइरहेकाले अबको २ महिना भित्रै यो सेवा सूचारु गर्ने लक्ष्य राखिएको छ ।
दमकको आम्दा अस्पतालमा डाईलोसिस सेवा सञ्चालनमा आए पूर्वी मोरङ्ग, पश्चिम झापा, इलाम र पाँचथरका दक्षिणी क्षेत्रका लक्षित समुदायहरु लाभान्वित हुने आम्दा अस्पतालका प्रशासक सुमन नेपालको भनाई छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : १३ बजे