
काठमाडौं ३१, चैत । चट्याङका कारण एक महिनाको अवधिमा ११ जनाको ज्यान गएको छ । २०८१ साल चैत १ गतेदेखि चैत २९ गतेको अवधिमा ५१ वटा चट्याङका घटना हुँदा ११ जनाको मृत्यु र ४१ जना घाइते भएका हुन् ।
यो गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक हो । केन्द्रका अनुसार चट्याङ लागेर खोटाङ, झापा, मोरङ, धनुषा, अर्घाखाँची, रोल्पा, दैलेख, बाजुरा, बझाङ, डोटी र कञ्चनपुरमा एक–एक जनाको चट्याङ लागेर मृत्यु भएको हो ।