२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025

फेसबुक ह्याक गरेर म्यासेन्जरमा सन्देश पठाउँदै पैसा माग्दै, गौरीगंजका २ जनाको रकम ‘झ्वाम्म’



गौरीगंज २८, फागुन / गौरीगंज गाउँपालिका वार्ड नं. २ स्थित आदर्श माविका एक शिक्षिकालाई आज करिब बेलुका ६ बजे शिक्षक राजकुमार ठाकुरको फेसबुक म्यासेन्जरबाट सन्देश आयो । शिक्षक ठाकुरको सन्देशमा उल्लेख थियो हेलो, मेरो यता एकजनालाई बुझाउनु पर्ने थियो अहिले बैङ्किग चलेको छैन चले पछि फिर्ता गर्छु नी २० हजार सापटी चाहियो । सरलाई समस्या नै पर्यो भनेर सोचेर अन्य साथीसँग सापटी मागेर शिक्षिकाले पैसा पठाएछन् । पछिमात्र थाहा भयो कि राजकुमार सरको आइडी ह्याक भएको रहेछ ह्याकरले पैसा ठगी गरे ।
शिक्षक राजकुमार ठाकुरको म्यासेन्जरबाट अन्य थुप्रै साथीहरुलाई म्यासेन्जरमा हेलो, अहिले खातामा अलिअलि पैसा छ होला त मेरो यता एकजनालाई बुझाउनु पर्ने थियो अहिले बैङ्किग चलेको छैन चले पछि फिर्ता गर्छु नी भन्दै रकम माग गरेका थिए । त्यस्तै गौरीगंजकै अरु एकजानको पनि सोही बमोजिम म्यासेज आएपछि शिक्षक राजकुमार सरलाई साच्चै समस्यामा नै पर्यो कि भनेर १० हजार रुपैयाँ पठाए ।
गौरीगंज गाउँपालिका वार्ड नं. २ स्थित आदर्श माविका शिक्षक राजकुमार ठाकुरले सोही विद्यालयकै शिक्षक बुलेन्द्र राजवंशीको फेसबुक आइडी मार्फत फेसबुक आइडी ह्याक भएको जानकारी गराएपछि मात्र आफुहरु ठगिएको थाहा पाए । त्यतिन्जेल प्राय सबै शिक्षकको म्यासेन्जर मार्फत क्युआरमा रकम हाल्दिन ह्याकरले अनुरोध गर्दै थुप्रैको रकम समेत ठगी गरीसकेका थिए । शिक्षिकाको रकम सोनी कस्मेटिक र अन्य एक जनाको रकम शिव किराना पसल नाम उल्लेख भएको क्युआरमार्फत ह्याकरले रकम माग गरेका थिए । त्यस्तै गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित जनसेवा ऋण तथा वचत सहकारीका व्यवस्थापक दुर्लभमान श्रेष्ठको पनि फेसबुक आइडि ह्याक गरेर म्यासेन्जरमार्फत रकम ठगी गर्ने प्रयास गरिरहेको गौरीगंज माविका शिक्षक प्रकाश चन्द्र राजवंशीले बताए ।

पछिल्लो समय बैंकिङ अपराधका घटनाको शैली फेरिन थालेको छ । सजिलै पैसा कमाउन बैंकिङ अपराधका विभिन्न तौर तरिकाहरु अपनाउँदै ह्याकरहरुले विभिन्न व्यक्तिहरुलाई उनीहरुकै फेसबुकमा भएका साथीहरुको फेसबुक एकाउण्टबाट म्यासेज पठाएर पैसा माग्ने गरेका छन् ।
ह्याकरले फेसबुकमा साथी रहेका मध्ये र फोन सम्पर्क हुने व्यक्तिलाई म्यासेस पठाएर पैसा माग्ने गरेका प्रशस्तै घटनाहरु बाहिरिन थालेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : ५८ बजे