चितवन २१, माघ / माडवारी सेवा केन्द्र नारायणगढले एक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री बितरण गरेको छ । मारवाडी सेवा केन्द्र नारायणगढले आज सोमबार सरस्वती पुजाको अबसर पारेर भरतपुर ११ स्थित श्री सिध्दि जनकल्याण आधारभुत बिद्यालयका १२० जना बिधार्थीलाई शैक्षिक सामाग्री तथा बिद्यालयलाई खेलकुद सामाग्री बितरण गरेको हो । सेवा केन्द्रका अध्यक्ष पन्कज अग्रवालको सभापतित्वमा र बागमती प्रदेश सांसद माननिय बिनु रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मारवाडी राष्ट्रिय परिषदका केन्द्रिय उपाध्यक्ष उमाशंकर अग्रवाल, मारवाडी सेवा केन्द्रका पुर्ब अध्यक्ष प्रमोद चाचान , बिधालय व्यवस्थापन समितीका अध्यक्ष सालिकराम सापकोटा , बिधालयका प्र.अ. कमला पौडेल , बडा नं. ११ का वडा सद्स्य सिता रणपाल , नारायणगढ राउन्ड टेबल १४ का अध्यक्ष प्रबिण बंशल , नारायणगढ राउन्ड टेबल १४ का पुर्ब अध्यक्ष डा. सन्दिप गर्ग सेवा केन्द्रका सचिब तथा कार्यक्रम सयोजक सुशिल अग्रवाल , कार्य समिती सदस्य प्रदिप अग्रवाल , अशोक अग्रवाल , मदन लाल पोद्दार , मुकेश अग्रवाल , दिलिप डागा हितेश लखोटिया लगायतको उपस्थिती रहेको थियो ।
सेवा केन्द्रका उपाध्यक्ष बिकाश बर्माले स्वागत मन्तब्य राखेका थिए भने सेवा केन्द्रका महासचिब निरज अग्रवालले कार्यक्रमको सहजिकरण गरेका थिए ।
२१ माघ २०८१, सोमबार
196
Shares