गौरीगंज १७, माघ / गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित श्री खजुरगाछी माविका पूर्व विद्यार्थीहरुले दोसा्रे वर्ष भेटघाट तथा वनभोज कार्यक्रम गरेको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित लोकनाथ एण्ड सन्स टि स्टेटमा विहिवार भएको भेलामा खजुरगाछी माविका प्र.अ. गेहेन्द्र विक्रम साह र समाजसेवी शेखर बरालले संयुक्तरुपमा केक काटेर औपचारिक उद्घाटन गरिएका थिए । खजुरगाछी मावि भुतपूर्व विद्यार्थी समाज तदर्थ समितिद्वारा आयोजित कार्यक्रममा यादव प्रधानको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा झलक प्रसाई र सकुन्तला ढकाल, सचिवमा आत्माराम राजवंशी, सहसचिवमा मनोज चौधरी, कोषाध्यक्षमा प्रकाश चन्द्र सिंह राजवंशी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा चिरञ्जिवि खरेल , ज्ञाननाथ खरेल र बन्धना दाहाल (रिजाल) चयन भएका छन । सोही अवसरमा संस्थाको विधान समेत पारित भएको छ । संस्थालाई आधिकारिकरुपमा दर्ता गराई विद्यालयको शैक्षिक अवस्था सुधार, भौतिक संरचना निर्माण, विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृति, सम्मानलगायत विभिन्न सेवामुलक कार्य गर्ने नवगठित समितिका अध्यक्ष यादव प्रधानले बताए । कार्यसमितिलाई भुगोल र क्षेत्र मिल्नेगरी सदस्य पदमा मनोनित गर्ने र सल्लाहकार समिति निर्माण गरिने अध्यक्ष प्रधानले बताए । कार्यक्रममा आजिवन सदस्यका लागि समेत रकम समेत संकलन भएको छ । वि.सं. २०२९ सालमा स्थापना भएको लामो इतिहास बोकेको खजुरगाछी माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको समितिले विद्यालय प्रशासनसंग सहकार्य गर्दै अघि बढ्ने कोषाध्यक्ष प्रकाश चन्द्रसिंह राजवंशीले बताए । कार्यक्रममा विद्यालयका प्र.अ. गहेन्द्र विक्रम साह, समाजसेवी शेखर बराललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने स्वागत प्रकाशचन्द्र सिंह राजवंशीले गरेका थिए । संस्थाका सचिव आत्माराम राजवंशीले सञ्चालन गरेको कार्यक्रममा सांगितिक नाच गान समेत गरिएको थियो भने रमाइलोका लागि म्युजिकल चेयर प्रतियोगिता समेत गरिएको थियो । पूर्व विद्यार्थी श्यामराज विष्टद्वारा नगद पुरस्कारसमेत वितरण गरिएको थियो ।
१७ माघ २०८१, बिहिबार
728
Shares