६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान गौरीगंजमा शुरु हुने



गौरीगंज १४, पुस / किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क ‘एचपीभी’ खोप माघ २२ गतेदेखि गौरीगंज गाउँपालिकामा लगाउने भएको छ ।

गौरीगंज गाउँपालिकाको स्वास्थ्य शाखाले पाठेघरको मुखको क्यान्सर विरुद्वको खोप लगाउने अभियानबारे आइतबार एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । गौरीगंज गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पालिका खोप समन्वय समिति एवम् सरोकारवालाहरुसँग अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
पालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा पाठेघरको मुखको क्यान्सर विरुद्वको खोप लगाउने अभियानबारे जानकारी गराउनुका साथै वार्डगत खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम पश्चात आउँदो माघ २२ गतेबाट पाठेघरको मुखको क्यान्सर विरुद्वको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिएका थिए । गौरीगंज स्वास्थ्य शाखा प्रमुख मिश्रका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष भन्दा माथि १४ वर्ष मुनिका छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्वको खोप लगाउने गौरीगंजमा माघ २२ गतेबाट सञ्चालन गरिने जानकारी दिए । गौरीगंज गाउँपालिकाका सामुदायिक विद्यालय, संस्थागत विद्यालय , स्वास्थ्य केन्द्र, खोप केन्द्रबाट वडागत तालिका अनुसार खोप लगाइने उनले बताए । कार्यक्रममा वार्ड अध्यक्ष, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, वडा सचिवहरु, स्वास्थ्यकर्मीहरुलगायतको सहभागिता थियो ।

पाठेघरको मुखको क्यान्सरका कारण र लक्षणहरू

– महिनावारीको बीच बीचमा पनि रगत आउने
– सानै उमेरमा बिहे हुनु र बच्चा हुनु
–सानै उमेरमा यौन व्यवहारमा सक्रिय हुनु
– धेरै मानिसँग यौन व्यवहारमा आउनु
–धूमपान गर्नेहरूलाई दुई गुणा बढी सम्भावना देखिएको छ।
–जथाभावी गर्भ निरोधक औषधी प्रयोग गर्नु
–योनीबाट मासु पखालेको जस्तो पानी जानु
– गन्हाउने पानी आइराख्नु
– धूमपान र मद्यपान गर्नु
–यौन सम्पर्क गरिसकेपछि रगत बग्नु
(कतिपय अवस्थामा दिसा पिसाब समेत योनीबाट आउन सक्छ

पाठेघरको मुखको क्यान्सरबाट कसरी जोगिनेरु

– पाठेघरको परीक्षण गराइराख्नुपर्छ।
– यौन व्यवहारमा आएको तीन वर्ष पुगेपछि महिलाले परीक्षण गर्नुपर्छ।
– वर्षमा एक पटक परीक्षण गरियो भने पाठेघरको मुखको क्यान्सरबाट धेरै हदसम्म जोगिन सक्छ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ९ : ०३ बजे