२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

गौरीगंज गाउँपालिकाको १६ औं अधिवेशन सम्पन्न, स्विकृत योजनामा केही थप तथा संशोधन




गौरीगंज २८, पुस / गौरीगंज गाउँपालिकाको १६ औ गाउँसभा संशोसधन तथा थप वजेट पारित हदैं सम्पन्न भएको छ ।
गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको सभाअध्यक्षमा भएको हिउँदे अधिवेशन चालु आ.व. २०८१/८२ को वजेटमा आवश्यक संशोधन गरी थप नयाँ योजनमा वजेट पारित भई सम्पन्न भएको हो ।
गौरीगंज गाउँपालिकाको सभा हलमा आज आइतवार सम्पन्न हिउँदे अधिवेशन मार्फत गत आ.व. को कुल अल्या २ करोड २८ लाख ३६ हजार ९ सय ८० रुपैयाँ संशोधन गरी विभिन्न शिर्षकमा नयाँ थप योजनामा वजेट विनियोजन भएको छ । त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ को स्वकृत वजेटको विभिन्न योजना र कार्यक्रमको शिर्षकमा संशोधन गरिएको छ । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँर, वार्ड नं. २ का वार्ड अध्यक्ष किनालाल राजवंशी, वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण कुमार गिरी, वार्ड नं. ४ का वडा अध्यक्ष फेका गिरी, वार्ड नं. ५ का वडा अध्यक्ष विजय सिंह गन्गाई, वर्डा नं. ६ का वडा अध्यक्ष बद्री नारायण यादवलगायतले वडाको संशोधित र थप योजना तथा कार्यक्रमको बारेमा प्रस्ताव पेश गरेका थिए । वार्ड नं. ३ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य गंगा राजवंशी , वडा सदस्य सुशील राई, वडा नं. २ का वडा सदस्य नेत्र राजवंशीलगायतले सार्वजनिक महत्वका विषयमा आफ्नो सुझाव प्रस्तुत गरेका थिए । गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य गंगा राजवंशीले शुन्य समयमा बोल्दै बिषयगत समितिहरुको बैठक नियमित बस्न नसकेकोमा आपति व्यक्त गर्दै त्यसतर्फ ध्यानाकर्षण गराएका थिए । आफु सुशासन तथा संस्थागत बिकास समिति सदस्यका नाताले पालिका भित्रका बेथितीहरुको सुधारका लागि सो समितिको बैठक बसि केहि सुझावहरु समेत कार्यपालिकामा पठाएकोमा समेत कुनै सुनुवाई नभएको प्रति ध्यानाकर्षण गराएका थिए । उनले केहि ऐनहरु समेत सँसोधन गर्नु पर्ने बताए । पालिका भित्रका सार्वजनिक जग्गाहरुको खोजि गरि संरक्षण गर्नका लागि समेत ऐन बनाउनु पर्नेमा कार्यपालिका त्यता तिर मौन रहेको उनले जिकिर गरेका थिए । उनले पालिका भित्र निर्माण भएका सडक तथा अन्य संरचनाहरु समेत ब्यापारिहरुले अतिक्रमण गरेको तिर समेत सभाको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा सदस्य सुशिल राइले सँसोधित बजेटमा अन्तर पालिका स्तरिय कर्मचारी खेलकुदका लागि रु ३ लाख बिनियोजन गर्ने तर बल्ल गठित भएको खेलकुद समितिका लागि १ लाख रुपैयाँ मात्र अध्यक्ष कप खेलकुद प्रतियोगिताका लागि छुट्टाउनु लाज मर्दो भएको बताए । उनले पालिका भित्रका खेलाडीहरुको संरक्षण तथा प्रोत्साहन गर्नका लागि पर्याप्त बजेट र श्रोत साधन उपलब्ध हुन नसकेको भन्दै आपति जनाएका थिए । खेलाडी तथा खेल सामग्री ब्यवस्थापनमा पालिकाले कन्जुस्याइ गरेको भन्दै यस प्रकारको पालिकाको चरित्रले गौरीगञ्जमा खेलकुदको बिकास हुन नसक्ने उनले दाबी गरे ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खेम थापा, योजना अधिकृत नारायाण प्रसाद चाँदरा, प्रशासकिय अधिकृत विरेन्द्र खड्का लगायतले अधिवेशनको समन्वय तथा सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १० : २३ बजे