गौरीगंज २०, मंसिर / गौरीगंज गाउँपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ ।दुई हजार आठ सय ४० किलो गौतम, एक हजार दुई सय २० किलो विजय जात गरी जम्मा चार हजार एक सय २० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख भिमा राईले जानकारी दिइन् ।
गौरीगंजका एकाउन्न जना किसान तथा कृषि फार्मले अनुदानमा गहुँको बीउ प्राप्त गरेका छन् ।गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराएको छ । सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा बीउ उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ ।
गाउँपालिकाको अनुदान सहयोगमा बीउ पाएपछि किसानमा उत्साह थपिएको विरेन्द्र कुमार यादवले बताए ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा धान, गहुँलगायत बीउबिजन वितरण गर्दै आइरहेको छ ।