६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

गौरीगंज–१ मा राजघाट पुराना वस्तीको होर्डिङ्ग बोर्ड राखियो



गौरीगंज २७, कार्तिक / पुरानो गाउँवस्तीको इतिहास र पहिचानलाई झल्काउने गाउँवस्तीका नामहरु परिवर्तन गर्ने क्रम पछिल्लो समय बढेपछि यहाँका केही स्थानिय युवाहरुले वस्तीको पुरानो नामलाई स्थापित गरेका छन् । गौरीगंज गाउँपालिका वार्ड नं. १ स्थित धानगाडाको पूर्वतर्फ रहेको वस्तीको पुरानो नामलाई स्थापित गर्दै राजघाट पुराना वस्तीको होर्डिङ्ग बोर्ड राखेका छन् ।
गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीको उपस्थितिमा टिकालाल राजवंशीको अगुवाईमा उक्त वस्तीको पुरानो नाम राजघाट पुराना वस्ती राखेका हुन् । वस्तीको पुरानो नाम र इतिहास नमेटियोस भन्ने उद्येश्यले आज उक्त नामको होडिङ्ग वोर्ड राखेको युवा समाजसेवी टिकालाल राजवंशीले बताए । ‘पहिला यो वस्तीको नाम राजघाट नै थियो । यहाँ ५० औं वर्ष अघिदेखि बजार हटिया लाग्ने गथ्र्यो । समाजसेवी टिकालालले भने,’ –‘पछिल्लो समय नयाँ पुस्तालाई थाहा नभएर कसैले के कसैले के भनेर वस्तीको नाम विगारेपछि र इतिहासलाई कायम राख्न हामी युवाहरुले पुरानै नामलाई स्थापित गरेका हौं । ’ गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडाहरु सदस्य राजभत्त सुनुवार, रेखा राजवंशीलगायत स्थानिय प्रहरीका प्रतिनिधि, स्थानिय युवाहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ५ : ३० बजे