६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

गाउँघरलाई सुन्दर तथा हराभरा बनाउन जुट्दै कमलका अध्यक्ष राई



दमक, ४ कार्तिक / दशैंको मौंका छोपेर गाउँघरलाई सुन्दर तथा हराभरा बनाउन यतिखेर झापा, कमल गाँपालिकाका अध्यक्ष हुकुमसिंह राई दैनिक श्रमदानमा खटिरहेका छन् ।
उनले अभियानका रुपमा गाउँघरका बाटाघाटा सरसफाई गरि रंगरोगन गर्नेदेखि विजुली विस्तार गर्नेसम्मका कामलाई जारी राखेका छन् । उनको यो अभियानमा स्थानीयको साथ र सहयोग छ ।
पछिल्ला समय कमलको पाडाजुंगी चौंकदेखि गौरादह जोड्ने सडकलाई स्तरन्नति गरिएसंगै त्यस सडकको सौन्दर्यतामा पालिकाले समेत चासो दिएर सहयोग पुरयाँएपछि त्यस सडकको मुहार फेरिनुका साथैं रातीपख झिलीमिली बनेको छ । विजुली बत्तीको महसुल स्थानीय टोल मार्फत व्यवस्थापन गरिएको छ । विजुली विस्तारले सडकको सुन्दरतासंगै रातीपख हिडडुलमा निकै सहजता थपिएको गाउँलेको बुझाई छ ।
तिनै सडक र त्यस सडक संगै जोडिएका भित्री कालोपत्रे सडकमा उनकै अगुवाईमा स्थानीय क्लव, टोलका बासिन्दाहरुले विगत केहिदिन देखि श्रमदान गरिआएका छन् । आफनो गाउँठाउँको सौन्दर्यकरणमा खटिएका अध्यक्ष राईले सिंगो कमल भरि यस किसिमका अभियान थालिने प्रतिवद्धता जनाए । समाज रुपान्तरण गर्न जनप्रतिनिधि मात्र लागेर संभव नहुने भन्दै उनले सवै मिलेर अघि बढे मात्र समृद्धि प्राप्त गर्न सकिने सुनाए । यतिका काम गर्न उनलेनै रंग खरिदको व्यवस्थापन गरेपनि रंग्याउने कार्यमा स्थानीय युवाहरुले साथ दिदैआएका छन् ।
उनका अनुसार गाउँघरलाई हराभरा बनाउन सडक,कल्भर्ट,विजुलीका पोललाई आर्कषक रंग दल्नुका साथैं विजुली विस्तारका काम धमाधम भईरहेका छन् । समाजलाई बदल्न सबै लागे अवश्य पनि सकिन्छ भन्ने आत्मविश्वासका साथ उनले यो अभियानलाई समाजसंग जोडेको स्पष्ट पार्छन् । यो कुनै स्टन्ट नभएर सकरात्मक सन्देस दिन पनि यसलाई अघि बढाएको उनको भनाई छ ।
मुख्यगरी, कमल ५ को मंगलबारे बजार देखि मैना खोत्ता बरपिपल चोकसम्म बिजुलीको पोल र कल्भटमा रङ रोगन लाउने काम सकिएका छन् भने मंगलबारे बजारदेखि गेउरिया खोलासम्म रङ रोगन गर्ने काम सकिएको अभियानमा खटिएका सगुन युवा क्लवका अध्यक्ष देवेन्द्र आङदेम्बेले बताए । कमल -५ र ६ मा पर्ने ती सडकको दुवैतर्फका वडा छुट्याउँन सांकेतिक अलग अलग रंग गरिएको उनले बताएकाछन् ।
अभियानका क्रममा जिम्दार चोक देखि बेला पानीको फ्याक्ट्रीसम्म पोलमा रङ रोगन गर्नुका साथैं सोनापुर सम्म यसैगरि विस्तार गरिने उनले सुनाए ।
यसैगरि, अभियानका क्रममा कमल ४ को केर्खा जंगल जाने खोलामा रहेको फलामे पुललाई रंग्याउने काम गरिएका छन् । गाँउघरको सौर्दन्यकरणमा थोरै लगानी गरेर राम्रो कार्य गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा पनि यो अभियानले परिचय दिन सफल भएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ९ : ३१ बजे