३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

महिला संघ गौरीगंज वडा नं. ३ को वडा सभापतिमा गिरी सर्वसम्वत चयन



गौरीगंज ३, असोज / नेपाली कांग्रेस पार्टीको भगिनी संस्था नेपाल महिला संघ गौरीगंज वार्ड नं. ३ मा वडा समिति गठन भएको छ । संविधान दिवसको अवसर पारेर नेपाल महिला संघ गौरीगंजकी सभापति हिमादेवी आचार्यको सभापतित्वमा भएको वडा भेलाबाट वडा समितिको सभापतिमा लिलो देवी गिरी सर्वसम्मत चयन भएकी छन् । नेपाली कांग्रेस गौरीगंजको पार्टी कार्यालयमा आज विहिवार भएको भेलामा नेपाली कांग्रेस पार्टीका कोशी प्रदेश सदस्य तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको उपस्थितिमा भएको कार्यक्रममा नव गठित वडा समितिको सभापति गिरी सहति उपसभापतिमा हीरा नेपाल, सचिवमा गीता कुमारी ताजपुरिया र आरती महतो, कोषध्यक्षमा सरस्वती राजवंशी र सदस्यहरुमा संगीता विक, रेखा माझी, सुकवती गिरी, शान्ती गिरी, करुणा विष्ट, गीता सोरेन, सुमित्रा अधिकारी चयन भएका छन् ।
नेपाली कांग्रेस गौरीगंजका सभापति अघनु प्रसाद राजवंशी, जिल्ला सदस्य मखना महतो, नेपाल महिला संघ जिल्ला उपसभापति नौताली राजवंशी, गाउँपालिका सचिवद्वय गोपाल ताजपुरिया, हरिलाल यादव, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका क्षेत्र नं. ५ क का प्रदेश सभापनि राजेन्द्र कुमार ताजपुरिया, वडा नं. ५ का वडा सभापति सन्तोष कुमार गन्गाई, वार्ड नं. ४ का वडा सभापति देव ताजपुरिया, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका गौरीगंज सभापति तथा वडा सदस्य गंगा प्रसाद राजवंशी, वडा सचिव प्रकाश गन्गाई, कविता राजवंशीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन महिला संघ गौरीगंजकी उपसभापति रेखा कुमारी राजवंशीले गरेकी थिइन् ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  १० : २४ बजे