१३ माघ २०८१, आइतबार | Sun Jan 26 2025

गौरीगंज गाउँपालिकाद्वारा तीज विशेष कार्यक्रममा मैत्रीपूर्ण नृत्य प्रतियोगितासहित सामुहिकरुपमा दर खुवाइयो



गौरीगंज १८, भाद्र / गौरीगंज गाउँपालिकाद्वारा आज मंगलवार आयोजित पालिका स्तरिय तीज विशेष कार्यक्रममा विभिन्न मैत्रीपूर्ण नाचगानसहित मनोरजनात्मक कार्यक्रम गरी सामुहिकरुपमा दर खुवाइएको छ । गौरीगंज गाउँपालिकाकाी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यता, उपाध्यक्ष पुजन न्यौपाने कुँवरको विशिष्ट अतिथिमा गौरीगंज गाउँपालिकाको प्राङ्गनमा सम्पन्न कार्यक्रममा पालिका भित्रका महिला कर्मचारी, महिला शिक्षक, स्वास्थ्य कर्मी, महिला जनप्रतिनिधि, महिला सशक्तिकरण, महिला समुहहरुबीच मैत्रीपूर्ण नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा सहभागि ६ वटा समुहमध्ये गौरीगंज मावि प्रथम, गौरीगंज स्वास्थ्य कर्मचारी समुह दोस्रो, महिला सशक्तिकरण समुह तेस्रो र गौरीगंज प्राविले सान्त्वना पुरस्कार हात पारेका थिए ।
निर्णायक मण्डलका संयोजक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज थापाले उक्त प्रतियोगिताको नतिजा औपचारिकरुपमा घोषणा गरेका थिए । गौरीगंज गाउँपालिका वार्ड नं. ६ की सचिव ऐजिना भटटराईको अध्यक्षतामा भएको तीज विशेष कार्यक्रममा पालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुवँर, वडा नंं. ४ का वडा अध्यक्ष फेका गिरी, इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख चुडामणी आँपगाई, कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य शर्मिला राजवंशी राईलगायतले शुभकामना मन्तव्य राखेका थिए भने योजना शाखा प्रमुख नारायाण प्रसाद चँदारा, प्रशासन शाखा अधिकृत विरेन्द्र खड्का,नेपाल बैंक लिमिटेडका प्रमुख सञ्जय साहु, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रमुख रामचन्द्र साह, सशस्त्र सीमा सुरक्षा बल गौरीगंजका डिएसपी राज वस्नेत, शिक्षक महासंघ गौरीगंजका अध्यक्ष हरिलाल यादव, नेपाल रेडक्रस सोसाइटीका गौरीगंज अध्यक्ष यादव रिजाल, पालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारी, सामुदायिक विद्यालयका शिक्षकलगायतको सहभागिता थियो । कार्यक्रममा नौमती बाजा महिला समुहलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन निशा सिंहले गरेकी थिइन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ७ : १४ बजे