३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गिरीबन्धु ? जानकारी मुलक संवाद



झापा / नेपाल विद्यार्थी संघ झापा काठमाडौं सम्पर्क समितिको आयोजनामा झापा स्थित गिरीबन्धु टि स्टेटका विषयमा अन्तरक्रियात्मक कार्यक्रम भएको छ । उक्त कार्यक्रममा वक्ताका रूपमा अधिवक्ता ओम प्रकाश अर्याल र पत्रकार देवेन्द्र भट्टराई रहनु भएको थियो । जुम मार्फत भएको उक्त कार्यक्रमा समितिका सभापति चोलिन्द्र दाहालले पछिल्लो समय सर्वौच्च अदालतबाट गिरीबन्धुको विषयमा भएको फैसलाका कारण नागरिक अन्योलमा परेको महसुस भएकाले यसको तथ्यपर्क जानकारीका लागि र साथै सर्वौच्चले गरेको फैसला कार्यान्वयन गराउनु पर्ने सरकारले हो र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री झापाबाट नै निर्वाचित प्रधानमन्त्री भएकाले नागरीक जानकारी बनी वहाबाट जवाफदेहिता खोज्नुपर्छ भन्ने हेतुले यो कार्यक्रम आयोजना भएको बताउनुभयो । वक्ता रूपमा बोल्दै अधिवक्ता ओम प्रकाश अर्यालले फैसला ले प्रष्ट रूपमा चिया उत्पादनमा प्रयोग नभएको गिरीबन्धुले हदबन्दी छुट पाएको जमिन सरकारीकरण गरीनुपर्छ भनेकाले सरकार यसको कार्यान्वयन गर्न लाग्नुपर्छ भन्ने विचार व्यक्त गर्नु भयो । अर्का वक्ता पत्रकार देवेन्द्र भट्टराई गिरीबन्धु विषयमा भएको फैसला उक्त जमिन सँग जोडिएका नागरीकमा यो जमिम सरकारीकरण हुने वा नहुने अन्योलता सिर्जना भएको देखिन्छ सरकार यश विषयमा जवाफदेयी भएर कानून सँगत तरिकाले यश विषयलाई निचोड दिने तर्फ उन्मुक हुनुपर्छ भन्ने विचार प्रकट गर्नुभयो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : ४४ बजे