१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘रतुवा पुल ठेकेदारको ढिलासुस्तीले सञ्चालनमा नआएको हो’ –पुर्व प्रधानमन्त्री ओली




गौरीगंज ८, कार्तिक / नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रतुवाखेलाको पुल ठेकेदारको ढिलासुूस्तीले सञ्चालनमा नआएको बताएका छन् ।

आज आफ्नो निर्वाचन क्षेत्र नं. ५ गौरीगञ्ज गाउँपालिकामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पुर्व प्रधानमन्त्री ओललीले आफु प्रधानमन्त्री भएका बेला समयमै पुल सञ्चालनमा ल्याउनका लागि सम्बन्धित मन्त्रालय र ठेकेदारलाई भनेको बताएका थिए । नेकपा एमालले अध्यक्षसमेत रहेका ओलीले भने – ‘यो पुल भन्दा पर भारतले बनाएको पुलमा ७ वटा खम्बा भएको पुल बनेको छ । हामी कहाँ ९ वटा खम्बा भएको पुल मुनीबाट पानी जानसक्छ । त्यसको व्यवस्था ठेकेदारले समयमै नगरेका कारण पुल सञ्चालनमा नआएको हो ।’ १२ वर्ष अघि माेरङ्ग र झापाकाे सिमानाकाे हुलाकी सडक पर्नेे उत्त पुल निर्माण भए पनि सञ्चालनमा आएकाे छैन । उत्त पुलकाेे पुर्व प्रधानमन्त्री ओलीले निरीक्षण समेत गरेेेका छन् ।

एक नं प्रदेश कमिटीले आयोजना गरेको नेपाली चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रममा पुर्व प्रधानमन्त्री ओलीले हुलाकी सडकको प्रसंग कोट्याउदै ओलीले भने – ‘हुलाकी सडक आफै बनाउछु भनेर काम थालेको धेरै प्रतिशत काम सकिसकेको रहेछ । हुलाकी सडक पुर्णरुपमा निर्माण भईसकेपछि हुलाकी सडक सम्झदा मलाई सम्झिनु हुन्छ । ’
हुलाकी सडकमा पर्ने सिमावर्ती गौरीगञ्ज बजारलाई आफु प्रधानमन्त्री भएका बेलामा स्मार्ट सिटीको रुपमा विकास गर्ने भनेर काम सुरु गरेको बताउदै पुर्व प्रधानमन्त्री ओलीले स्मार्ट सिटीमा टेलिफोनका लाइनहरु माथिबाट होइन जमिन मुनिबाट हुन्छन्, पोखरी हुन्छन्, पार्कहरु हुन्छन्, मठमन्दिरहरु हुन्छन्, अस्पलातलहरु ह्ुन्छन् पहिला जस्तो होइन आधुनिक गौरीगंजकोरुपमा विकासित हुनेछन् ।’
‘फुसको छाना हटाएर जनता आवास कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, प्रमाणपत्र राखेर ऋण दिने, एकलाखसम्मको स्वास्थ्य विमा कार्यक्रम, महिला सशक्तिकरणको सवालका विषयमा पहिला थिएन हामीले ल्याएका कार्यक्रमहरु हुन् पुर्व प्रधानमन्त्रि ओलीले भने – नयाँ नयाँ अवसरहरु सिर्जना गर्ने र मिचिएका नेपालका भुभागहरु फर्काउने र कहिल्यै पनि नेपाल नाकाबन्धी हुन नसक्ने गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको गौरवमय इतिहास राखेका छौ । ’ ‘केपी ओलीले नागरिकता विधेयक सरकार टिकाउन ल्याएको भन्ने हल्लासमेत गरे । ३ वर्षदेखि नागरिकता विधेयक संसदमा लगिएको थिएन । पुर्व प्रधानमन्त्रि ओलीले भने – ‘नेपाली नागरिकका छोराछेररीले नागरिकता नपाएका कारण पढ्न पाएका छैनन्, जागिर पाएका छैनन् । पासपोर्ट पाएका छैनन् । विदेश जान पाएका छैनन् । विरामी भयो भने अस्पताल जान पाएका छैनन् । संविधानले भने बमोजिक उनीहरुलाई सरकारले नागरिकता दिन खोजेको थियो । तर दिएनन् ।’
सोही कार्यक्रममा गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाउँपालिकाको समग्र विकासका लागि ध्यानाकर्षण पत्र बुझाएका थिए । उनले रतुवा खोलाको पुललगायत, कन्काइ, कमल बनीयानी, लेहरा पुलको सञ्चालन, नागरकिता समस्या, बाढी पीडितहरुको लागि राहतको व्यवस्था गर्नुपर्नेमा ध्यानाकर्षण पत्र बुझाएका थिए भने वार्ड नं. ३ का अध्यक्ष मखाना महतोले पनि आफ्नो वार्डको भौतिक पूर्वाधार विकास, लेहरा पुल निर्माणलगयत विभिन्न विकास निर्माण गर्नु पर्ने विषयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।


स्थानीय आदिवासी समुदायका सन्थाल नाच,राजवंशी नाच, ताजपुरिया नाच, चण्डी नाचहरु प्रस्तुत गरिएको थियो भने गायक बल बहादुर राजवंशीले नेपाली र कोच गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री अग्नी खरेल,केन्द्रीय सदस्यहरु हिक्मत कार्की, देवेन्द्र दाहाल, संविधान सभा सदस्य दिपक कार्कीलगायतको पनि उक्त कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रम प्रदेश समन्वय कमिटि प्रदेश (क) संयोजक योगराज दाहालको अध्यक्षतामा भएको थियो ।

गौरादह नगरपालिका–५ मा नमूना होमस्टे उद्घाटन

त्यसैैगरी गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारीले निर्माण गरेकोे होमस्टे पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गरेका छन् ।
वातानुकूलित नमूना घरबास ९होमस्टे० पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको छ ।

कृषि पर्यटन प्रवद्र्धनका लागि बनाइएको वातानुकूलित नमूना घरबास पहिलो ‘कृषि होमस्टे कोसेली घर र ज्येष्ठ नागरिक मिलन केन्द्र संयुक्तरूपमा उद्घाटन गरेका हुन् । प्रदेश नं १ मै पहिलोपटक कृषि सहकारीले रु एक करोड २० लाखको लागतमा उक्त घरबास निर्माण गरिएको सहकारीका अध्यक्ष बेदनिधि चापागाईंले ब्त्ँउ ।

कृषि र पर्यटनलाई लक्ष गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमिनमा निर्माण भएको होमस्टे आकर्षक र सुन्दर छ । पाहुना घरमा आठ वटा सुुत्ने, सुविधा सम्पन्न कोठा र एउटा ८० जना अट्ने तालिम कक्ष बनाइएको छ । विसं २०७० सालमा महारानी झोडा साना किसानले प्रवद्र्धन गरेको सहकारीले नाफा कमाउनेभन्दा पनि सेवा गर्ने उद्देश्यले होमस्टे बनाएको जनाइएको छ ।

तीन वर्षअघि सरकारले मुलुकभरमा तोकेका १०० पर्यटकीय गन्तव्यमध्ये एक कृषि गन्तव्यका रुपमा सूचीकृत सहकारीलाई होमस्टे निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५र०७६ मा रु ६५ लाख, २०७६र०७७ मा रु ४५ लाख र चालू आवमा रु ५० लाख गरी कूल रु एक करोड ६० लाख उपलब्ध गराएको अध्यक्ष चापागाईंले बताएका थिए । प्राप्त रकममध्ये होमस्टे निर्माणमा रु एक करोड २० लाख खर्च भएको र बाँकी रकम सोही स्थानमै बनेको ज्येष्ठ नागरिक चौतारीमा लगाइएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत आर्थिक वर्षमा रु ७० लाख विनियोजन गरेको बजेटमा सहकारीले होमस्टेसँगै ज्येष्ठ नागरिक मिलन केन्द्र र चौतारी बनाएको थियो । यी सम्पूर्ण संरचनाको उद्घाटन कार्यक्रममा पूर्वमहाधिन्याधिवक्ता अग्नि खरेल, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : २६ बजे