३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गौरीगंजका पूर्व प्रधानपञ्च दासको निधन



गौरीगंज २, भदौ / तत्कालिन गौरीगंज गाउँपञ्चायतका पहिलो प्रधानपञ्च धर्मनारायण दासको निधन भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थायी निवासी पूर्व प्रधानपञ्च दासको ८३ वर्षको उमेरमा निधन भएको हो । लामो समयसम्म प्यारालाइसि रोगबाट थला परेका उनको निजि निवासमा आज साँझ करिब ५ः २५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको २ श्रीमति, ५ छोरा बुहारी, २ छोरी ज्वाई, ७ नाति, ११ नातिनि छन् । उनको स्थानिय गौरीया खोलामा सोमवार (भोली) विहान करिब १० बजे दाहसंस्कार गरिने उनका छोरा पवन कुमार दासले जानकारी गराएका छन् ।

पूर्वप्रधानपञ्च स्व. दास स्नातकोत्तर ( एमए) अध्ययन पूरा गरेका सम्भवत झापाकै पहिलो व्यक्तिमा पर्छन् । राँची युनिर्भसिटीबाट वि.स. २०१८ सालमा उतीर्ण गरेका उनी समाजिक कार्यमा पनि उतिकै क्रियासिल थिए । उनकै अगुवाईमा हालको गौरीगंज चौकदेखि दक्षिण अल्तावारी हुदै भारतीय सिमासम्मको बाटो निर्माण भएको र हालको इलाका प्रहरी कार्यालय गौरीगंजको स्थापना भएको स्थानिय समाजसेवी तथा पूर्वप्रधानपञ्च डोमनलाल राजवजंशी बताउँछन् । तत्कालिन अवस्थामा झापाको गौरीगंज क्षेत्रका वासिन्दा शिक्षाबाट वञ्चित नहोस भन्ने उद्येश्यले स्व. दासले हालको गौरीगंज माविलाई स्वकृति दिलाएका थिए । गौरीगंज माविमै उनले निःशूल्क प्रधानाध्यापकको रुपमा लामो समय अध्यापन समेत गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १० : ३९ बजे