३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि बंगलादेशकी प्रधानमन्त्रीले राजीनामा दिँदै छाडिन् देश



काठमाडौं /बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् । बीबीसीका अनुसार उनी आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको अगरतलातिर गएकी छन् । ब अहिले हजारौं प्रदर्शनकारीहरु ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन् । सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरुले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो । उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ६ : ३७ बजे