३ श्रावण २०८१, बिहिबार | Thu Jul 18 2024

झापा गाउँपालिकामा श्रीमतीलाई हत्या गरी श्रीमान फरार



झापा, असार २१ / झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा श्रीमतीलाई हत्या गरी श्रीमान फरार भएका छन् । आज साँझ अन्दाजी ५.१५ बजे झापा गाउँपालिका वडा नं.३ कामाटोली निवासी अन्दाजी वर्ष ३३–३४ को सतिसकुमार गणेशले आफ्नो श्रीमती अन्दाजी वर्ष २४–२५ की अनिशाकुमारी गणेशलाई हम्मरले हानी हत्या गरेका हुन् । घटनापछि हत्यारा गणेश हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।श्रीमान– श्रीमतीबीच पहिला पनि झगडा हुने गरेको र आज झगडा हुँदा हम्मरले हानी श्रीमतीको मृत्यु भएपछि श्रीमान फरार रहेको जनाइएको छ ।जिल्ला प्रहरी कार्यालयको टोलीले शवको मुचुल्का उठाइरहेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शुक्रबार  ९ : २५ बजे