२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

गौरीगंज गाउँपालिकाले ४९ करोड ५३ लाख ७१ हजार ८ सय ५१ रुपैयाँ बराबरको बजेट ल्यायो



गौरीगंज १६, असार / गौरीगंज गाउँपालिकाले २०८१ र ८२ को लागि ४९ करोड ५३ लाख ७१ हजार ८ सय ५१ रुपैयाँ बराबरको बजेट ल्याएको छ । उक्त बजेट पालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरले आज आइतबार १५ औं गाउँसभाको दोस्रो वैठकमा प्रस्तुत गरिन् । उपाध्यक्ष न्यौपानेद्वारा प्रस्तुत अनुमानित बजेटमा कुल खर्च चालुतर्फ ९ करोड ५३ लाख रुपैयाँ छुट्टाइएको छ । पुँजीगत तर्फ ६५ लाख खर्च हुने अनुमान गरिएको छ । त्यसैगरी वडागत वजेट सिलिङ्ग अन्तर्गत वार्ड नं. १ लाई ४५ लाख, वार्ड नं. २ लाई ४० लाख, वार्ड नं. ३ लाई ४० लाख, वार्ड नं. ४ लाई ४० लाख, वार्ड नं.५ लाई ४० लाख र वार्ड नं. ६ लाई ४० लाख रूपैयाँ वजेट छुट्टाएको छ ।
सामाजिक विकास अन्तर्गत शिक्षामा २ करोड ५० लाख, स्वास्थ्यतर्फ १ करोड ५०लाख, कृषि तथा पशु सेवामा २ करोड तीस लाख, उद्यम विकास तथा आयमूलक सीपमुलकमा १५ लाख, युवा तथा खेलकुदमा १५ लाख, संस्कृति प्रबद्र्वनमा १५ लाख, महिला लक्षित कार्यक्रममा १८ लाख, बालमैत्री गाउँपालिकामा २० लाख, आदिवासी जनजाति लक्षित कार्यक्रममा ७ लाख, दलित समुदाय लक्षित कार्यक्रममा ३ लाख, जेष्ठ नागरिक लक्षित कार्यक्रममा ३ लाख, खानेपानी तथा सरसफाईमा १० लाख, मधेसी मुस्लिम र पिछडावर्ग लक्षित कार्यक्रममा ३ लाख र अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम ( प्रदेश सरकार, गाउँपालिका र करुणा फाउण्डेशन नेपालको त्रीपक्षिय साझेदारीमा) मा ५५ लाख रुपैयाँ वजेट छुट्टयाइएको छ । गाउँपालिका अगाडि स्मारक निर्माणका लागि १० लाख र प्रत्येक वडाका १०० विपन्न घर परिवारलाई ८०/२० लागतमा साझेदारीमा स्वास्थ्य विमा सेवा १६ लाख असी हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
गाउँसभाको छलफल सत्रमा वडा सदस्य राजभत्त सुनुवार, सुशील राई, रिता तामाङ्ग, शैलेन्द्र ताजपुरियालगायतले गुनासो सहित विनियोजित वजेटमा केही संशोधन गर्नु पर्ने र सुझावहरु राखेका थिए ।
वार्ड नं. २ को वडा बजेट अन्तर्गत तुलाचन देखि टटुवामारी सडक खण्ड पिच निर्माण गर्नु पर्ने भन्दै आएको र सोही अनुसार वडा वजेटमा समेटिएपनि त्यसलाई संशोधन गरिएकोमा वडा सदस्य रिता तामाङ्गले आक्रोस पोखेकी थिइन ।
गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले असार १० गते नै निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उपाध्यक्ष पुजन न्यौपाने कुँवर वार्षिक वजेत तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा, कार्यपालिका सदस्यहरू, शाखा कार्यक्रमका प्रमुख तथा कर्मचारीहरू सहभागी थिए भने वार्ड नं. १ देखि ६ सम्मका वडा अध्यक्षहरु गाउँसभामा उपस्थित थिए ।

गाउँपालिकाको गौरवको आयोजनाहरु
गाउँपालिकाको वडा नंं १ देखि ६ सम्मै कालो पत्रे निर्माणका लागि जम्मा ३ करोडमा प्रत्येक वडा लाई ५०/५० लाख बजेट विनियोजन भएको छ ।
१. वार्ड नं. १ मा कुञ्जीवारी बजारदेखि पूर्व बनियानी खोलासम्म ड्रेनसहित कालोपत्रे सडक निर्माण,
२. वार्ड नं. २ लेल्टु फर्निचरदेखि जनता आधार भूत विद्यालय जोड्ने कालोपत्रे सडक निर्माण ( संशोधन हुन सक्ने)
३. वार्ड नं. ३ मा गौरी सहकारी संस्थादेखि पश्चिम ज्ञानकुञ्जजाने सडकमा ड्रेनसहित कालोपत्रे सडक निर्माण ।
४. वार्ड नं. ४ मा नयाँहाटमा बजार व्यवस्थापन तथा टहरा निर्माण ।
५. वार्ड नं. ५ मा निरबहादुर श्रेष्ठको घरदेखि दक्षिण चिल्हारा –मल्हाटोलीहुँदै फत्तेहपुरसम्म कालोपत्रे सडक निर्माण ।
६. वर्डा नं. ६ मा नयाँलाल राजवंशीको घरदेखि पूर्व अस्पताल जाने बाटोर र सतिस दासको घर देखि उत्तर कृष्ण उप्रेतीको घरसम्म कालोपत्रे सडक निर्माण ।

गाउँपालिकाको गत आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक गरेको धेरै नीति तथा कार्यक्रमहरूलाई प्राथमिकताको आधारमा निरन्तरता दिएको छ । सामाुदायिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षालाई निरन्तरता दिई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था, छोरीलाई आर्थिकरुपमा सक्षम बनाउन छोरी जन्मेपछि छोरीको नाममा बाल खाता वचत कार्यक्रम, अस्पतालमा थप उपकरणसहित २४ घण्टे सेवा सञ्चालन, न्यायिक सेवालाई व्यवस्थित गरी क्षमता अभिवृद्व गर्ने, खानेपानी पाईप विस्तार, विपन्न परिवारलाई निशुल्क विमा कार्यक्रम, गाउँपालिकाद्वारा सञ्चालित प्रसुति केन्द्रमा सुत्केरी हुन नसकी अन्यत्र रेफर गर्नु पर्ने अवस्था भएका जटिल प्रकृतिका गर्भवती तथा सुत्केरीहरूलाई गौरीगंज अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्धि गराउने र अस्पतालले रेफर गरेको दमकको अस्पतालहरुसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवाउपलब्ध गराउने, दीर्घ रोगी नागरिकलाई उपचार खर्च उपलब्ध गराउने, दुःखको साथी, भरोसा राखौं , कृषि विद्युतीकरण, सामुदायिक विद्यालयका कक्षा ९ का छात्रा विद्यार्थीलाई साइकल वितरण, सामुदायिक विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई निशुल्क शिक्षा लगायतका कार्यक्रमहरूलाई निरन्तरता दिईएको छ ।


प्रकाशित मिति : १७ असार २०८१, आइतबार  ४ : ०६ बजे