१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज र भोलि यी स्थानमा हावाहुरीसहित वर्षा हुने



हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणाली सक्रिय हुँदा बिहीबार र शुक्रबार देशका विभिन्न भू—भागमा वर्षातको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।  कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ७ : ३१ बजे