२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

गौरीगंजका सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण



गौरीगंज १५, चैत / छात्राहरुलाई शिक्षाप्रति पहुँच पुर्याउन र विद्यालय आवत जावतमा सहजता पुर्याउन गौरीगंज गाउँपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले गौरीगंज –६ स्थित खजुरगाछी माविका कक्षा ९ मा अध्ययनरत ६६ जना छात्राहरुलाई साइकल वितरण गरेको हो ।
गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा छात्राहरुलाई साइकल वितरण गर्नुका साथै पालिका स्तरिय विभिन्न हाजिरी जवाफ, चेस, निवन्ध, श्रृति लेखन, वतृत्वकला प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भएका विद्यार्थीलाई नगदसहित शिल्ड र प्रमाण पत्र वितरण गरिएको थियो । गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुवँर, वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, वडा नं. ४ का वडा अध्यक्ष फेका गिरीले संयुक्तरुपमा नगदसहित विभिन्न पुरस्कार, शिल्ड, प्रमाणपत्र र छात्राहरुलाई साइकल वितरण गरेका थिए ।

पैदल हिडेर एक गाउँबाट अर्को गाउँमा पढ्न जादाँ धेरै समय लाग्ने र बर्षायाममा पनि विद्यालय जान गाह्रो हने गथ्र्यो साइकल पाएकी एक विद्यार्थीले भनिन् – ‘अब साइकल पाएपछि समयको बचत हुने र समय मै अब विद्यालय पुगिन्छ ।’ गाउँपालिकाले गौरीगंजका अन्य ३ वटा सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययन गर्ने छात्रालाई पनि साइकल वितरण गरिने शिक्षा शाखाका प्रमुख टंक खरेलले जानकारी गराएका छन् । गाउँपालिकाले चार वटा सामुदायिक विद्यालयका २३६ जना कक्षा ९मा अध्ययनरत विद्यार्थीलाई साइकल वितरण गर्ने कार्यक्रम रहेको शिक्षा शाखा प्रमुख खरेलले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ८ : २३ बजे