४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वैजेश्वरनाथ शिवालय मन्दिरमा श्री महन्त कोटेश्वर गिरीको मुर्ति स्थापना



गौरीगंज ३, फागुण / गौरीगंज गाउँपालिका वार्ड नंं. ६ स्थित खजुरगाछीमा रहेको श्री वैजेश्वरनाथ शिवालय मन्दिरमा श्री महन्त कोटेश्वर गिरीको मुर्ति स्थापना गरिएको छ । श्री पञ्चमीको अवसर पारेर श्री महन्त गिरीको मुर्तिसहित रथयात्रा गरिएको थियो भने सयौं भत्तजन तथा स्थानियहरु बजार परिक्रम गरी सनातन धार्मिक विधि अनुसार आज बुधवार पूजाआजा गरी मुर्ति स्थापन गरिएको हो । मन्दिरका महन्त श्री हेमानन्द गिरीले शिवालय मन्दिरलाई स्थानिय धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न र थप पहिचान दिलाउन महन्त श्री कोटेश्वर गिरीको मुर्ति स्थापना गरिएको बताइन् । मन्दिरमा योसंगै भगवान श्री शिवजी र हनुमानको मुर्ति पनि निर्माण गरेने महन्त गिरीले बताइन् ।
वि.सं. २०१६ साल फागुन १४ गते शिवरात्रीको दिनमा सिद्वगुरु श्री १०८ श्री महन्त वैजेश्वरनाथ गिरीको नाममा श्री महन्त कोटेश्वर गिरीले मन्दिरको निर्माण गरेका थिए । गौरीगंज गाउँपालिका वार्ड नं. २ कोरोबारीमा २७ विघा धानखेत र हाल मन्दिर रहेको करिब १८ कठ्ठा जग्गा रहेको छ । शिवालय मन्दिरको पूर्वदिशा तिर छट घाटको व्यवस्थापन तथा निर्माण गर्न प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेको गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताइन् । प्रदेश र संघीय सरकारले पुरानो तथा धार्मिक आस्थाका केन्द्रको रुपमा रहेका्े वैजेश्वरनाथ मन्दिरलाई रमणीय धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न ध्यान दिनुपर्ने आवश्यक रहेको अध्यक्ष राजवंशीले बताइन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ११ : २६ बजे