३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गौरीगंज – १ महाभारा स्थित जनकल्याण आधारभूत विद्यालयका १४३ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण



गौरीगंज ५, पुस / गौरीगंज गाउँपालिका वार्ड नं. १ महाभारा स्थित जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीको प्रमुख आतिथ्यतामा आज विहिवार आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत १४३ जना विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाक सुट वितरण गरिएको हो ।

विद्यालयका पूर्व विद्यार्थी हेमन्त बाँस्कोटाले न्यानो कपडा उपलब्ध गराएका हुन् । पूर्व विद्यार्थी बाँस्कोटाले १ लाख १४ हजार ४ सय रुपैयाँ बराबरको ट्रयाक सुट वितरण गरेका हुन् । उक्त न्यानो कपडाका लागि केहि दाताको समेत सहयोग प्राप्त भएको बाँस्कोटाले जानकारी दिए । हेमन्त वास्कोटा, प्रतिना गौतम, प्रदिप परियार, महेन्द्र बहादुर राई, वसन्त लिम्बु,आशा गौतम, सुदर्शन रेग्मी र विद्यालय परिवार लगायतका दाताको सहयोगबाट विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको हो ।

बिर्तामोडमा औषधि व्यवसाय समेत गर्दै आएका बाँस्कोटाले आफूले विद्यालय जीवन प्रारम्भ गरेको ठाउँमा सहयोग गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गरे । विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षक, अभिभावक र सरोकारवालाई आग्रह गर्दै आगामी दिनमा समेत सहयोग जारी राख्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालचन्द्र सिंह राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथिकार्तिकलाल राजवंशी, वडा सदस्य राजभक्त सुनुवार, , प्रधानाध्यापक भीम बहादुर कार्कीले न्यानो कपडाको लागि धन्यवाद दिदै उपलब्ध गराउने बाँस्कोटालगायत सम्पुर्ण सहयोगी दाताप्रति आभार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : ३३ बजे