२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

गौरीगंज गाउँपालिका वार्ड नं. १ वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि साविक वार्ड नं. ३ कुञ्जिवारीले जित्यो



गौरीगंज २५, मंसिर / गौरीगंज गाउँपालिका वार्ड नं. १ को आयोजनामा वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि साविक वार्ड नं. ३ कुञ्जिवारीले जितेको छ । सोमवार सम्पन्न वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा साविका वार्ड नं. ३ कुञ्जिवारीले साविक वार्ड नं. ५ झोडालाई २–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।
प्रतियोगितामा बिजेता साविक वार्ड नं. ३ कुञ्जिवारीले नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता साबिक वार्ड नं. ५ झोडाले नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि प्रकाश टुडु, हाइस्कोररको उपाधि अरुण लिम्बु र सुदिप भुजेल र उत्कृष्ट गोलरक्षकको उपाधि टेक बहादुर योङ्हाले पाएका थिए ।
त्यसैगरी प्रतियोगितामा साविक वार्ड नं. २ श्यालडाँगीले तेस्रो स्थान हासिल हासिल गरेका थिए । उत्त टिमले पनि नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीको प्रमुख आतिथ्यतामा भएको अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेलको खेल संयोजक तथा वार्ड सदस्य राजभत्त सुनुवारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । फाइनल खेलको अन्तिम समयमा टिमहरुबीच विवाद भएपछि दुवै टिमका क्याप्टेन र एम्पाएरको सल्लाह बमोजिम आयोजक समितिले खेलको अन्तिम नतिजा घोषणा गरेको खेल संयोजक राजभत्त सुनुवारले बताए । प्रतियोगिताको फाइनल खेलमा खेलाडीहरु बीच कुटाकुट भएपछि दुइ जना खेलाडी घाइते भएका छन् । खेलको अन्ति दुइ मिनेट बाँकी हुँदा खेल्दै गरेका वडा नँ ५ समुहका खेलाडी बिकल योङ्याले वडा नँ ५ का खेलाडी अर्जुन लिम्बुलाइ मैदानमै कुटेपछी झगडा शुरु भएको थियो । त्यस लगतै मैदान बाहिर खेल हेर्दै बसिरहेका वडा नँ ३ का अर्का खेलाडी दिलिप हास्दा माथि हातपात भएको थियो । झडपमा दिलिप हास्दा र अर्जुन लिम्बु घाइते भएका छन् । 

कार्यक्रममा वार्ड सदस्यहरु रेखा राजवंशी, कृष्ण महतो, दुर्गा परियार, वार्ड सचिव सुमन रेग्मी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, खेल प्रेमीलगायत स्थानियहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : १७ बजे