३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

निजि तथा आवासिय विद्यालय ( प्याब्सन) गौरीगंजको आयोजनामा पालिका स्तरिय सांस्कृतिक कार्यक्रम



गौरीगंज २४, मंसिर / निजि तथा आवासिय विद्यालय ( प्याब्सन) गौरीगंजको आयोजनामा पालिका स्तरिय सांस्कृतिक कार्यक्रम २०८० आज आइतवार सम्पन्न भएको छ । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न सांस्कृतिक कार्यक्रम पालिका भित्रका निजि तथा आवासिय विद्यालयका विद्यार्थीहरु बीच गायन तथा नृत्य प्रतियोगिता गराइएको थियो ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित देवकोटा माविको प्राङ्गणमा आयोजित कार्यक्रममा १२ वर्ष मुनिका विद्यार्थीहरुको गायन प्रतियोगितामा क्रिमशन इङ्गलिस स्कुलका दिपसन अधिकारी प्रथम स्थान हासिल गरेका थिए भने देवकोटा माविका मनोज गिरी दोस्रो भएका थिए भने युनिभर्सल स्कुलका राशी साह तृतीय भएकी थिएन् । त्यसैगरी १२ वर्ष माथिका माध्यमिक स्तरिय गाउन प्रतियोगितामा युनिभर्सल स्कुलका सरोबर राजवंशी प्रथम, देवकोटा माविकी आयुशा दनुवार दोस्रो र क्रिमसन स्कुलका अनुराग राजवंशी तृतीय भएका थिए ।

कक्षा ११ र १२ का बिद्यार्थीहरु बीचको गायन प्रतिस्पर्धामा देबकोटा स्कुलका नबराज राजवंशी प्रथम र युनिभर्सल स्कुलकी अरुणा राजवंशी द्वितिय भएकी छिन् ।

नृत्य बिधाका प्रतिस्पर्धाहरु तर्फ आधुनिक सामुहिक नृत्यमा सनसाइन स्कुल प्रथम देबकोटा स्कुल द्वितिय र स्नोह्वाइट स्कुल तृतिय भएका छन् । त्यसैगरी राष्टिय गान सामुहिक नृत्य तर्फ देबकोटा स्कुल प्रथम स्नोह्वाइट स्कुल द्वितिय र युनिभर्सल स्कुल तृतिय भएका छन् भने सामुहिक लोक नृत्य तर्फ स्नोह्वाइट स्कुल प्रथम ज्ञानकुञ्ज स्कुल द्वितिय र क्रीमसन स्कुल तृतिय भएका छन् ।

विजेता बिद्यार्थी तथा बिद्यालयहरुलाइ ट्रफी मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा गायन तर्फ एकाग्र ब्याण्डका लिड भोकलिस्ट देबराज नेपालीले निर्णायकको भुमिका निर्वाह गरेका थिए भने नृत्य बिधा तर्फ मोरँग लोक नृत्य कलाकार संघका इन्द्रजीत मगर र जीवन चौधरीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । प्याब्सन गौरीगंजका अध्यक्ष श्याम राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गोपाल प्रसाद राजवंशीले गरेका थिए । कार्यक्रममा अभिभावक, विद्यालयका प्रिन्सिपल, विद्यार्थी तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : ४७ बजे