३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

झापा बजार व्यवस्थापन समितिको अध्यक्षमा बरतलाल राजवंशी सर्वसम्मत चयन



झापा / झापा गाउँपालिका- २ स्थित झापा बजार व्यवस्थापन समितिको अध्यक्षमा बरतलाल राजवंशीको नेतृत्वमा १३ जनाको समिति सर्वसम्मत चयन भएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रदेव यादव , उपाध्यक्षमा रमा बास्कोटा हलवाई , सचिवमा मनोजकुमार राजवंशी , सह–सचिवमा सिकन्दर ठाकुर , कोषाध्यक्षमा विष्णुप्रसाद गनगाई तथा सदस्यहरूमा लोकेश जैन , दिलीपसिंह राजपूत , सुशीला गणेश , सुजितकुमार गणेश , आतावुर शेख , पुष्कर कटुवाल र विक्रम रसाइली पनि सर्वसम्मतले चयन भएका छन् ।

गत असोज १५ गते झापा बजार व्यवस्थापन समितिको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षसहित सबै पदाधिकारीहरू सर्वसम्मतबाट चयन भएका थिए । तर, अध्यक्ष पद चयन हुन नसक्दा व्यवस्थापन समिति निर्वाचनतर्फ धकेलिएको थियो । निर्वाचनको लागि कात्तिक १२ गते मनोनयन दर्ता र १६ गते मतदान हुने तय भएको थियो । अध्यक्ष पदको लागि बरतलाल राजवंशी र अशोक लिम्बूले उम्मेदवारी दिएपछि निर्वाचन हुने देखिएको थियो ।

आइतबार मनोनयन दर्ताको समयमा वडा नं २ का वडाध्यक्ष हिमालकुमार चम्लागाई , झापा गाउँपालिका उद्योग वाणिज्य संघका अध्यक्ष ठोमनाथ नेपाल , वरिष्ठ उपाध्यक्ष मनोजकुमार गणेश , सचिव मनोजकुमार खत्री , कोषाध्यक्ष विकास अग्रवाललगायतको टोलीले लिम्बूलाई उद्योग वाणिज्य संघको सदस्यमा मनोनीत गर्ने सहमति गरेपछि बजार व्यवस्थापन समितिको अध्यक्ष पदमा राजवंशी सर्वसम्मत चयन भएका हुन् । बजार व्यवस्थापन समितिको कार्य अवधि २ वर्ष रहने उद्योग वाणिज्य संघका अध्यक्ष नेपालले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : ३४ बजे