१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘नमुना कृषि क्याम्पस बनाउने तिर लाग्नुहोस्, हामी साथमा छौ’,– अध्यक्ष राजवंशी




गौरादह १, असोज / नेपाल विद्यार्थी संघ गौरादह कृषि क्याम्पसले तिज सांस्कृतिक तथा चिठ्ठा कार्यक्रमको आयोजना गरी भव्यरुपमा तिज पर्व मनाएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा आज सोमबार सम्पन्न कार्यक्रममा विद्यार्थीलाई नेविसंघको लोगो अंकित टि सर्टसमेत वितरण गरेको थियो । उत्त टि सर्ट नेपाली कांग्रेस क्षेत्र नं. ५ ‘क’ का प्रदेश सभापति जिवन राईले व्यक्तिगतरुपमा सहयोग गरेका थिए । क्याम्पसलको सभाहलमा सम्पन्न कार्यक्रममा चिठ्ठामा पहलिो, दोस्रो, तेस्रो र चौथो हुने विजेतालाई पुस्कारसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राजवंशीले गौरादह कृषि क्याम्पसले कृषिको दक्ष जनशक्ति उत्पादनमा ठुलो भुमिका खेल्ने बताइन् । ‘नेपालकै नमुना कृषि क्याम्पस बनाउने तिर लाग्नुहोस् हामी साथमा छौ, अध्यक्ष राजवंशीले भनिन् –‘ दक्ष जनशक्तिको अभाव खड्किरहेको अवस्थामा क्याम्पसले त्यसको परिपूर्ति गर्नेमा म विश्वस्त छु ।’ कार्यक्रममा विशेष अतिथि तथा गौरादह नगरपालिकाका पूर्व नगरप्रमुख रोहित कुमार साहले बहुमुखी क्याम्पसबाट कृषि क्याम्पसमा ल्याउनको लागि धेरै कठिनाई भोग्नु परेको बताए । ‘ त्यो समयमा क्याम्पसमा पंखासमेत थिएन, मैले सबै व्यवस्थापन गरे ।’ पूर्व नगर प्रमुख साहले थपे –‘ देशकै नमुना कृषि क्याम्पस बनाउनु पर्छ ।’ देशभरका विद्यार्थीलाई कृषि विषय पढ्न गौरादह आउन आवहन गर्दे त्यसको सुरक्षाको प्रत्याभुति हामी लिन्छौ यहाँको राजनीतिक दलले लिन्छ पुर्व नगर प्रमुख साहले भने । ‘यहि क्याम्पसको नेविसंघको राजनीतिक पृष्ठभुमिबाट म नगरप्रमुख भए र आज यहाँसम्म पुगेको हुँ उनले थपे –‘तपाईहरुको पनि भविष्य राम्रो हुन्छ । मिहिनेत गर्दै जानुहोस् ।’ ‘यस क्याम्पसका विद्यार्थीलाई स्थानिय तहहरुसंग समन्वय गरी विभिन्न कृषि वालीहरुको जस्तो धान, गहाँ, साग सब्जीलगायत अन्य बालीहरुको अनुसन्धान गरी भुगोल, हावापानी र जमीनको आधार विउविजनको उत्पादन गरी देश बाहिर निर्यात गर्न सकिन्छ ।’ पुर्व नगर प्रमुख साहले भने – ‘त्यसतर्फ क्याम्पस प्रशासन लाग्न जरुरी छ ।’
कार्यक्रममा अर्का विशेष अतिथि तथा नेपाली कांग्रेस क्षेत्र नं. ५ ‘क’ का प्रदेश सभापति जिवन राईले विद्याथी भाइबहिनीहरुलाई हौसला प्रदान गर्न आफूले टिसर्ट उपलब्ध गराएको बताए । कृषि क्याम्पस र विद्यार्थीहरुको सहयोगका लागि आफु जहिले तयार रहने सभापति राईले बताए । महाधिवेशन प्रतिनिधि लक्ष्मी बाह्राकोटी, वडा सभापति तारा श्रेष्ठ, महेन्द्र भट्टराई, बाबरराम नेपाललगायतको सहभागिता थियो । नेपाल विद्यार्थी संघ गौरादह कृषि क्याम्पसका सभापति जिवन न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख सुवोद खनाल, महेन्द्र भट्टराई, दमक सभापति सविन न्यौपाने, बाबुराम नेपाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विभिन्न सांगितिक प्रस्तुति दिएको कार्यक्रमको सञ्चालन संसाङ्क यादवले गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १० : १० बजे