३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

झापामा आत्महत्या बढेको बढ्यै




आत्माराम राजवंशी
गौरीगंज २४ , भदौ / विगत आठ वर्षमा आत्महत्या गरेर मृत्युवरण गर्नेहरूको संख्या झापामा मात्र १७ सय ५९ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले हरेक वर्ष जिल्लामा आत्महत्याको घटना बढिरहेको जनाएको छ ।
आत्महत्या गर्नेहरूमा महिलाको भन्दा पुरूषको संख्या बढी छ । गरिबी, बेरोजगारी, घरेलु हिंसा, व्यापार तथा प्रेममा असफलताजस्ता कारणले आत्महत्या गर्नेहरू बढी भएको प्रहरीको बुझाई छ । प्रहरीको तथ्यांकमा आ.व.०७३/७४ मा १९७, आ.व. ०७४/७५ मा २२१ , आ.व. ०७५/०७६ मा २६१ र ०७६/०७७ को माघ महिनासम्मको ८१, आ.व.०७७/०७८ मा ३३४, आ.व ०७८/०७९ मा ३१४, आ.व. ०७९/०८० मा ३१७ र ०८०/०८१ को भदौ २४ गतेसम्ममा ३४ जनाले आत्महत्या गरेको विवरण छ ।
धेरैजसो मानिसले विष सेवन गरेर र झुन्डिएर आत्महत्या गरेको तथ्यांकले देखाएको छ भने आठ वर्षमा ११ सय ६९ जना पुरूष, ४ सय ६० जना महिला, ५३ बालक र ९९ जना बालिकाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालका अनुसार विष सेवन गरेर, झुन्डिएर, आगो लगाएर, औजार प्रयोग गरेर, हाम फालेर, करेन्ट लगाएर आत्महत्याका घटना धेरै हुने गरेका छन् । आर्थिक र पारिवारिक समस्या नै आत्महत्याको मुख्य कारण भएको प्रहरी प्रवक्ता रिजालको कथन छ । प्रेममा असफलता, दीर्घरोग, मानसिक रोग, वेरोजगारी र गर्मी पनि आत्महत्याको कारण भएको उनले बताए । तथ्यांकअनुसार वृद्ववृद्वादेखि किशोर किशोरीहरूसम्म आत्महत्या गर्नेको सूचीमा छन् ।
आत्महत्याका घटनालाई न्यूनिकरण गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने उनले बताए । समाजमा यस्ता घटनालाई कम गर्न मनोचिकित्सकद्वारा चेतनामूलक कार्यक्रम गर्न सके प्रभावकारी हुने उनको सुझाव छ ।
प्रहरी प्रवत्ता रिजालका अनुसार आत्महत्या गर्ने धेरैजसो महिलाहरूमा सर्ट टेम्पर्डका कारण त्यसो भएको हो । ओरगानो फोरेस, फोरेट, थाईडिनजस्ता विषादी सेवन गरि आत्महत्या गर्नेको संख्या पनि धेरै रहेको उनी बताउँछन् ।
मानिस जन्मने वितिकै विभिन्न समस्यासंग जुध्न थाल्छ । मानिसका इच्छा, आकांक्षा सबै पुग्दैनन् । जीवनयापन गर्ने क्रममा दुःख कष्टका कारण आत्मविश्वास कमजोर भएर जिवनप्रति निरासा चरम अवस्थामा पुगेपछि व्यक्ति देहत्याग गर्नपुग्छ ।
मानिस जन्मने वितिकै विभिन्न समस्यासंग जुध्न थाल्छ । मानिसका इच्छा, आकांक्षा सबै पुग्दैनन् । जीवनयापन गर्ने क्रममा दुःख कष्टका कारण आत्मविश्वास कमजोर भएर जिवनप्रति निरासा चरम अवस्थामा पुगेपछि व्यक्ति देहत्याग गर्नपुग्छ ।
आत्महत्याको विश्व तथ्यांक हेर्ने हो भने यसको अवस्था झन कहालीलाग्दो छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संसारमा हरेक ४० सेकेण्डमा एक हजार मानिसले आत्महत्या गर्छन् । विगत ४५ वर्षमा आत्महत्या दर ६० प्रतिशतले बढेको छ ।
यस्तै १४–४४ वर्ष उमेरसमुहमा आत्महत्या मृत्युको प्रमुख तीनमध्येको एक कारण बन्ने गरेको छ । यस्तै १० – २४ वर्ष उमेर समूहमा यो मृत्युको दोस्रो महत्वपूर्ण कारक बन्ने गरेको छ । एशियाको जापान, चीन र भारतमा मात्र विश्वको ४० प्रतिशत आत्महत्या हुन्छ । धनी देश भन्दा गरीब देशमा आत्महत्या गर्नेको संख्या बढी रहेको पाइन्छ ।
पारिवारिक समस्या र आर्थिक समस्याका कारण आत्महत्याका घटना बढेको बताइन्छ । मुविई वा फिल्म हेर्दा त्यही जस्तो एक्सपोज गर्न खोज्दा वास्तविक जिवनमा मानिसको मेल नखाई दिदा विवेक गुमाएर आत्महत्या हुने गरेको प्रवक्ता रिजालको भनाई छ । आत्यहत्याको मुल कारण बुझ्न त्यसको प्रारम्भिक चरणबाट अनुसन्धान गरे मात्र वास्तविक नतिजा आउने उनको भनाई छ ।
यसैगरी समाज द्रुत गतिमा अगाडि बढिरहेको अवस्थामा सिमित स्रोत साधन हुने तर मानिसको ईच्छा आकांक्षा असिमित भएर पनि आत्महत्याका घटना घटेको उनको कथन थियो ।
पठनपाठनमा कमजोर, प्रेममा असफल हुनु, एउटा मात्र सन्तान हुनु आदि पनि आत्महत्याको अन्य कारण बन्ने गरेको उनी बताउँछन् । आत्महत्याको दररेट घटाउन अर्थात यसलाई न्युनिकरणका लागि सचेतनाका कार्यक्रमहरू गर्न जरूरी रहेको छ । मनोविश्लेषकहरुले मानिसहरूले मानसिक समस्याले भन्दा बढी सामाजिक समस्याले आत्महत्या गर्ने गरेको बताउँछन् । समाजसंग आफू ‘डिल ‘ गर्न वा आफू भित्र टिक्न नसकेर मानिसहरू डिप्रेसन भई दिक्दार भएर आत्यहत्याको सोच मनमा पलाउने गरेको उनीहरुको ठम्याई छ । आर्थिक बोझ, जुवा वा तास खेलेर हारेको, प्रेम वा काममा असफल हुने, कुनै पनि घटना वा परिघटनाको प्रभावबाट विचलित हुने , आफुले भनेको जस्तो नभएर , वेरोजगारी भएर र सामाजिक परिबन्धमा परेर मानिसहरूले प्रायः आत्महत्या गर्ने गरेको छ । आर्थिक बोझ, जुवा वा तास खेलेर हारेको, प्रेम वा काममा असफल हुने, कुनै पनि घटना वा परिघटनाको प्रभावबाट विचलित हुने , आफुले भनेको जस्तो नभएर , वेरोजगारी भएर र सामाजिक परिबन्धमा परेर मानिसहरूले प्रायः आत्महत्या गर्ने गरेको मनोविज्ञहरु बताउँछन् ।’ आत्महत्याको विषयमा व्यापक छलफल र विमर्श गर्न सके यसको दररेट घट्न सक्ने उनीहरुको सुझाव छ ।
सरकारले मनोविज्ञानलाई कुनै विषय नै नभएको जस्तो व्यवहार गरेको र त्यसबारे विद्यालयको शैक्षिक पाठ्यक्रममा नै समावेश गरे आत्महत्या गरेर मृत्युवरण गर्नेको दररेट घटाउन सकिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  १० : १६ बजे