४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरादहमा नगरस्तरिय कोचिला संघर्ष समिति गठन



गौरादह १२, भाद्र / कोचिला संघर्ष समिति झापाले संगठन विस्तार गर्ने क्रममा सोमवार गौरादह नगरपालिकामा नगरस्तरिय कोचिला संघर्ष नगर समिति गठन गरेको छ ।
सामाजिक व्यक्तित्व कामेश्वर राजवंशीको संयोजकत्वमा २५ सदस्यीय गौरादह नगरस्तरिय कोचिला संर्घष समिति गठन भएको हो । सहसंयोजकमा हेमनसरी राजवंशी र रविलाल ताजपुरिया रहेका छन् भने सचिवमा गणेश कुमार राजवंशी

सहसचिव गंगाराम राजवंशी, कोषाध्यक्ष रिता राजवंशी रहेका छन् । कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अधिकांश वक्ताहरुले प्रदेश नं. १ को नाम कोचिला प्रदेश राख्नु पर्ने धारणा राखेका थिए । कोचहरुको आफ्नै ऐतिहासिक पहिचान, भाषा र इतिहास रहेकोले प्रदेश नं. १ को नाम कोचिला प्रदेश नाम राख्नु पर्ने उनीहरुले बताएका थिए । कार्यक्रममा कोच अभियन्ताहरु विद्यानन्द राजवंशी, रविलाल ताजपुरिया, दिनेश्वर राजवंशी, हेमनसरी राजवंशी, कामेश्वर राजवंशी, नारायण राजवंशी, विक्रम ताजपुरिया , राजेश राजवंशीलगायतले बोलेका थिए भने कार्यक्रमको अध्यक्षता टोपलाल राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : १२ बजे