३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

‘एकीकृत कृषि प्रणालीका कारण जापानले कृषिको क्षेत्रमा ठुलो प्रगति गरेको रहेछ ’: अध्यक्ष राई



कमल / कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले एकीकृत कृषि प्रणालीका कारण जापानले कृषिको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनु भएको छ ।
जाइकाको सहयोगमा जापानले गरेको कृषि सम्बन्धी अध्ययन अवलोकन भ्रमणबाट फर्केपछि कुराकानीका क्रममा अध्यक्ष राईले सो कुरा बताउनु भएको हो ।
जापानमा हाम्रो जस्तो चक्ला बन्दी सानासाना गरा हुँदैन रहेछ । बिघौंबिघा प्लटमा खेती हुँदो रहेछ । त्यहाँका नागरिक अत्यन्तै धेरै मेहनती यान्त्री करणको प्रयोग गरेर जापानमा ३ जना व्यक्तिले ६० हेक्टर जमिनमा खेती गरेको रहेछ । त्यसैले पनि जापानले कृषिको क्षेत्रमा ठुलो प्रगति गरेको हो ।

त्यस्तै जापानमा खिचाई पनि अत्यन्तै व्यवस्थित हुँदोरहेछ । हाम्रोमा नहर र पैनीको माध्यमले अग्लो ठाउँबाट ओरालो तर्फ मात्र सिँचाइको सुविधा छ तर त्याहाँ होचो ठाउँमा पनि ठुल्ठुला ड्यामा पानी सञ्चित गरेको सिँचाइको व्यवस्था मिलाएको छ ।
अध्ययन अवलोकन भ्रमणको क्रममा जापानको कृषि मन्त्रालय, सिजुवाको क्षेत्रमा रहेको सिँचाइ परियोजना, सिँचाइका विभिन्न बाँधहरू, कृषकलाई व्यवस्थित पानीको बाँडफाँड गरिएका परियोजनाहरू, सहकारी संस्थाले फलफूलको ग्रेडिङ, प्याकेजिङ र लेवलिङ्ग गर्दै गरेका उद्योगहरू र १५ हेक्टर र ६० हेक्टर क्षेत्रफलमा व्यवसायिक खेती गरिरहेका कृषकका फार्महरूको अवलोकन गरिएको राईले बताउनुभयो ।
जापानको खेती प्रणाली,उत्पादन, काम गर्ने शैली, बजार सँगै आम्दानीको विषयमा समेत अनुभव गर्ने मौका पाएको बताउँदै त्यसलाई आफ्नो पालिकाका साधन र श्रोतले भ्याएसम्म लागूगर्ने अध्यक्ष राईले बताउनुभयो ।

जापानिज संस्था जाइका , जापान र नेपाल सहयोग नियोग अन्तर्गत कनकाई खिचाई प्रणालीको पानीको सदुपयोगमा सुधार गर्ने उद्देश्य राखेर जाइकाले कनकाई नहरले सिंचित हुने क्षेत्रमा कार्यक्रम संचालन रहेका कमल गाउँपालिका प्रमुख हुकुमसिंह राईमा साथै शिवसतासी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन), गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदी र गौरीगन्ज गाउँपालिका प्रमुख फूलवती राजवंशी अध्ययन अवलोकन भ्रमणका लागी जापान जानु भएको थियो ।
स्थानियतहका प्रमुख सँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका महानिर्देशक सुशील चन्द्र राई, उपमहानिर्देशक टिकाराम बराल, योजना तथा अनुगमन महाशाखाका डा. शान्ता कार्की, प्रदेशका जलस्रोत तथा उर्जा मन्त्रालयका मेघराज ज्ञवाली, इन्जिनियर राजेन्द्र कुमार माझी, वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोख्रेल लगायत कन्काई नहरका जल उपभोक्ता समितिका पदाधिकारी सहित १२ जनाले जापानको कृषि प्रणालीको भ्रमण गर्नु भएको हो ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ८ : २५ बजे