२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

दमक नगरपालिकाका हाकिमसँगको टिकटक लाइभ गर्ने महिला को हुन् ?




दमक१६, साउन/ दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डमरुप्रसाद निरौलासँग मदिरामा लठठ् भएर टिकटक लाइभ गर्ने महिलाले आफनो चरित्र आफैं उदांगो पारेपछि उनी को हुन ? भन्ने बिषयमा चर्चा परिचर्चा शुरु भएको छ । सामाजिक सञ्जालमा कतिपयले ति महिलालाई पीडित महिलाको जस्तो व्यवहार गरेर निरौला तार्गेट मात्रै बिषयहरु सार्वजनिक भएकोमा असन्तुष्टिसहित चरित्रमा आँच आउने गरी त्यस्तो हर्कतको टिकटक मार्फत लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने महिलाका बारेमा आम नागरिकहरुले सुसुचित हुन पाउनु पर्ने माग पनि गरिरहेका छन ।
सो बिषयमा खोज अनुसन्धानका क्रममा थप केही तथ्यहरु फेला परेका छन । फेसबुकमा सुजता दाहाल नाम लेखिएकी उनले आफनो व्यवसायिक फर्म एसआर आवरणको नाममा टिकटक अकाउण्ट बनाएर व्यवसायिक प्रवद्र्धनको आशयसहितका सामग्रीहरु राखेकी छन ।
दमकको साविक १३ तथा हालको ८ नम्बर वडामा माइतीघर भएकी दाहालको नागरिकतामा कला न्यौपाने नाम रहेको छ । उनको जन्म मिति २०४५ साल मंिसर ११ गते नागरिकतामा उल्लेख छ भने ठेगाना अनारमनी गाविस वडा नं २ उल्लेख छ । उनको सोही नागरिकताका आधारमा राहदानी समेत जारी भएको छ ।
सन २०१६ मा जारी भएको उनको राहदानी नं १०१५३१६१ रहेको छ । विर्तामोडका एक प्रतिष्ठीत व्यवसायीसँग बिबाह गरेकी दाहालको आफना पतिसँग सम्बन्ध विच्छेदको मुद्धा झापा जिल्ला अदालतमा चलिरहेको छ । उनी पतिसँगको सम्बन्धबाट टाढिँदै दमकस्थित सिद्धी मार्केट भित्र करिब ३/४ बर्षदेखि व्यवसाय सञ्चालन गरेर बस्दै आएकी थिइन । उनले सामाजिक सञ्जाल मार्फत विदेशमा बसेका नेपालीहरुसँग पनि सम्पर्क गरेर विभिन्न बहानामा नजिक हुँदै रकम असुल्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : ०८ बजे