४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राजवंशी –नेपाली –अंग्रेजी तीनवटा भाषामा शब्दकोश प्रकाशित



गौरीगंज १५ साउन / राजवंशी –नेपाली –अंग्रेजी तीनवटा भाषामा शब्दकोश प्रकाशित भएको छ । झापा गाउँपालिका वार्ड नं. ६ शरणामति बस्ने लेखक तथा साहित्यकार विश्वनाथ सिंह राजवंशीले उत्त शब्दकोश प्रकाशित गरेका हुन् । करिब १२ हजार ६ सय राजवंशी भाषाको शब्द भएको शब्दकोषको मुल्य १६ सय राखिएको छ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष अन्जुदेवी थपलियालगायत विशिष्ट अतिथिहरुको उपस्थिितिमा उत्त शब्दकोषको लोकार्पण गरिएको थियो । विशेष गरी झापा, मोरङ्ग र सुनसरीमा बसोबास गर्ने राजवंशी जातिको भाषालाई संरक्षण र सम्र्बधन गर्न शब्दकोण निर्माण गरिएको लेखक राजवंशीले बताए । यो वाहेक उनले राजवंशी भाषामै शायरेर काथा अर्थात चानक, कविता संग्रह मैनार माँअ र नेपाली भाषामा कविता संग्रह तुवाँलो प्रकाशित गरिसकेका छन् । भारतको दार्जलिङ्गबाट सेन्ट जोसेफ कलेजबाट स्नातक उतीर्ण गरेका राजवंशी साहित्य क्षेत्रबाहेक राजनीतिक क्षेत्रमा पनि उतिकै क्रियाशिल र परिचित छन् ।
झापा गाउँपालिका वार्ड नं. ६ शरणामती चन्द्रावस्ती निवासी स्व चन्द्र राजवंशी र स्व. वैगनी राजवंशीका छोरा विश्वनाथ सिंह राजवंशीको जन्म २००६ साल वैशाख २ गते भएको हो । उनीसंगै हाल एक श्रीमति नारायणी राजवंशी छन् । उनको राजनीतिक क्षेत्रप्रतिको मोहसंगै साहित्य क्षेत्रमा पति उत्तिकै दख्खल राख्छन् । अहिलेका पुस्ताले आफ्नो भाषा, संस्कृति र पहिचान विर्सदै गाएकोप्रति चिन्ता व्यक्त लेखक राजवंशीले भाषिक कृतिहरुको रचना र अभिलेख राख्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : ४१ बजे