३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरौलालाई २४ घण्टा भित्र मन्त्रालयमा हाजिर हुन निर्देशन



दमक/  झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय डम्बरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको छ ।

क्वार्टरमै एक महिलासँग मदिराको नसामा मस्त रहेर अनैतिक गतिविधि गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रायले सोमबार यस्तो निर्देशन दिएको हो । मन्त्री अमनलाल मोदीको निर्णयमा निरौलालाई आवश्यक कार्वाहीको लागि मन्त्रालय तानिएको हो ।

निजामति कर्मचारीको आचरण र मर्यादाविपरितको गतिबिधिमा संलग्न रहेको देखिएकोले निरौलालाई मन्त्रालयमा हाजिर हुन भनिएको मन्त्रालयले जनाएको छ । भिडियोबारेको थप छानविनपछि उनीमाथिको कार्वाही यकिन हुने मन्त्रालयले जनाएको छ । चलानी नं. २४ रहेको पत्रमा ‘तपाईसँग केहि कुरा बुझ्नुपर्ने भएकोले २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन’ भनिएको छ ।

नगरपालिकाको क्वाटरमै निरौला र एक महिला महिला मदिराको नशामा लठ्ठ रहेर टिकटकमा लाइभ कुराकानी गरेको भिडियो सार्वजनिक भएको थियो । मदिराले लठ्ठ भएका निरौलाले लाइभमै महिलालाई चुम्बन गरेको देखिन्छ ।

क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन गराएका थिए । निरौलाले नगरपालिका परिषरमा रहेको क्वार्टरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : २४ बजे