४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरादहमा एक युवकले शरिरमा आगाे लगाएर गरे आत्मदाह



गौरादह २६ , असार / झापाको गौरादहमा आफ्नै शरिरमा आगो लगाएर १ जना युवकले आत्मदाह गरेका छन् ।
गौरादह नगरपालिका वडा नं. १ गाैरादह बजार घर भएका सत्य नारायण शाहको अन्दाजी ३५ वर्षिय छोरा रोशन शाहले आज विहान करिब ४ बजे बन्द काेठामा शरिरमा आगो लगाएर आत्मदाह गरेको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।
बन्द कोठामा सुतिरहेको अवस्थामा आगो लागेको उनका आफन्तले बताएका छन् । मृतक साहकी एक श्रीमति र एक छाेरा छन् । मृतक साह २ बर्षदेखि डिप्रेशनकाे औषधी सेवन गर्दै आएकाे जनाइएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ८ : २४ बजे