
 गाैरीगंज २२, जेठ/ गाैरीगंज गाउँपालिका विपत्त व्यवस्थापन समितिले विपद्काे पूर्व तयारी, पूर्व चेतावनी प्रणाली, न्युनिकरण/ अल्पिकरण, राेकथाम र पुरसंचना, उद्वार तथा राहतका लागि आवश्यक तयारी गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाकाी अध्यक्ष फूलवती राजवंशीकाे अध्यक्षतामा आज शुक्रबार बसेकाे विपत्त व्यवस्थापन समितिकाे वैठकले पालिका भरिका करिब ६ सय ५० घरधुरी बाढीकाे उच्च जाेखिममा रहेकाे परिवारका लागि आवश्यक उद्वार र राहतका लागि विभिन्न निर्णयहरू समेत गरेकाे छ ।
मनसुन शुरू भएसंगै खाेलामा आएकाे बाढीकाे पानीकाे सतह बढेपछि गाउँपालिका स्तरिय विपत्त व्यवस्थापन समितिले त्यसकाे जाेहाे गरेकाे हाे ।
कन्काई नदीले गाैरीगंज गाउँपालिका वार्ड नं. १ र २ टुनुबस्ती, चाैरी, टप्पु, हाेकलवारी, हेम्नाडाँगी, भाकुरमारीलगायतका बस्तीका ४ सय घरधुरी उच्च जाेखिममा रहेकाे , कमल बनियानी नदीबाट गाैरीगंज गाउँपालिका वार्ड नं. १ र २ का टुनुबस्ती, चाैरी, टप्पु, हाेकलवारी, रंगीयाथान, भन्सार टाेलका करिब १ सय ३० घरधुरी उच्च जाेखिममा रहेकाे र रतुवा खाेलाबाट गाैरीगंज गाउँपालिका वार्डनं. ५ स्थित श्यामटाेली बस्तीका ८० घरधुरी रहेकाे एक तथ्यांकले देखाएकाे छ ।
त्यसका लागि जाेखिम न्युनिकरणका लागि चाहिने आवश्यक सर सामानहरू, राहातका सामाग्रीहरू गाउँपालिका, वार्ड कार्यालय, प्रहरी प्रसाशनसंग के कस्ताे अवस्था रहेकाे छ समितिले लाेखाजाेखा गरी थप सामाग्रीहरू उपलब्ध गराउने निर्णय गरेकाे छ ।
जाेखिमका बेला चाहिने लाईफ ज्याकेट, ट्युब, डाेरी, हेण्डल ब्याग, हेल्मेट प्लास्टिक,बेल्चा, रबर बाेट, त्रिपाल, गमबुटलगायत खाद्यान्न काे सामानहरूकाे बन्दाेबस्ती गर्ने निर्णय गरेकाे छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्ताेष श्रेष्ठ, वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड नं.२ का वडा अध्यक्ष किनालाल राजवंशी, वार्ड नं. ६ का वडा अध्यक्ष बद्री नारायण यादव, कार्यपालिका सदस्य अघ्नुप्रसाद राजवंशी, सन्तलाल ताजपुरिया, फाेकल पर्सन सुमन थापा, इकाल प्रशासन कार्यालयका प्रतिनिधि रविन कुमार राजवंशी, डिएसपी अस्मिन थापा, प्रहरी निरीक्षक विजय कार्कीलगायत सशस्त्र सिमा सुरक्षा वलका प्रहरी निरीक्षकहरू, नेपाल रेडक्रस साेसाईटिका सभापति यादव रिजालसमेतकाे उपस्थिति थियाे ।
गाैरीगंज गाउँपालिकाकाे प्रकाेप जाेखिमकाे स्तरिकरण अनुसार पहिलाे जाेखिम बाढी दाेस्राेमा सडक दुर्घटना, तेस्राेमा जनावर आतंक, चाैथाेमा चट्याङ, पाचौंमा आगलागी र छैठाेमा शितलहर रहेका छन् ।
 
                                

 
                                                             
                    
                

