४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

महाभाराकाे जग्गाकाे समस्याबारे सांसद साँवाले गराए सरकारकाे ध्यानाकर्षण, वार्ड अध्यक्ष राजवंशीकाे पनि चासाे



दमक/ झापा क्षेत्र नं ४ का साँसद एलपी साँवाले झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभारामा अहिले सम्म हल हुन नसकेको चतरा गुठीका नाममा रहेको जग्गाको मालपोतको बिषयलाई प्रतिनिधि सभाको बैठकमा उठाएका छन । सोमबार संसद बैठकको शुन्य समयमा बोल्दै नेकपा एमालेका सांसद साँवाले सो क्षेत्रको १४ सय विगाहा क्षेत्रको मालपोत चार दोब्बर बढी तिर्नुपरिरहेको भन्दै समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराएका हुन ।
अन्य जग्गाको प्रतिविगाहा ७ सय रुपैंया मालपोत तिर्दा हुनेमा चतरा गुठीको जग्गाको मालपोत २ हजार ७ सय रुपैंया प्रति विगाहा तिर्नु परेको भन्दै उनले अन्य जग्गाको सो सरह मालपोत वडा कार्यालयमानै बुझाउन सकिने व्यवस्था गर्न माग गरेका हुन । बैठकमा सांसद साँवाले भने ‘झापाको गौरीगञ्ज गाउँपालिका १ महाभाराको १४ सय बिगाहा जग्गाको मालपोत २०१६ सालदेखि चतरा गुठीलाई बुझाउनु पर्ने राजा महेन्द्रले नियम लगाइदिएका थिए अहिले पनि जग्गाधनीले चतरा गुठीलाई मालपोत बुझाउन झन्झट मात्र भएको छैन चार दोब्बर महंगो पनि छ ।’
साँवाले २०३२ सालमा कोरियन सरकारको सहयोगमा निर्माण भएको कन्काई नहरले अधिग्रहण गरेको जग्गाको लगत हालसम्म नकाटिएको र त्यसबेलाका जग्गा धनीले अहिले पनि मालपोत तिरिरहनु परेको भन्दै नहरमा परेको जग्गाको लगत तत्काल काटियोस भन्ने माग उठाए । गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले चतरा गुठीकाे नाममा रहेकाे जग्गाकाे मालपोतका विषयमा चिन्तित छन् । उनले गाैरीगंज -१ महाभारा भित्रकाे चतरा गुठीकाे नाममा रहेकाे सम्पुर्ण जग्गाकाे मालपाेत वडा कार्यालयमा राजस्व तिर्ने व्यवस्था गर्न माग गरेका छन् । वार्डकाे तर्फबाट ध्यानाकर्षण पत्र बुझाउने र वार्ड कार्यालयमै तिराे तिर्ने व्यवस्थाका लागि केही हप्ता अघिसम्म चतरा गुठी संस्थामा ध्यानाकर्षण गराउने त्यस विषयमा छलफल हुदै आएकाे छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ११ : २३ बजे