२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

गाैरीगंजकाे बाल कल्याण माविमा ४ कोठे भवनसहित घेराबेरा निर्माण हुदै




गाैरीगंज ३०, जेठ / गाैरीगंज गाउँपालिका वार्ड नं.१ स्थित श्री बाल कल्याण माविमा ४ काेठे पक्काकाे भवन निर्माण हुदैछ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाल कल्याण मावि कुञ्जिवारीलाई ४५ लाख रूपैयाँ बजेट विनियाेजन भएपछि ४ कोठे भवन निर्माण हुने भएकाे हाे ।

सार्वजनिक शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकासको लागि सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाख वजेट विनियाेजन भएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश्वर राजवंशीले जानकारी दिएका छन् । भाैतिक संरचनाकाे अभावले विद्यार्थी चाप थेग्न नसकेकाे अवस्थामा चार काेठे भवन निर्माणले विद्यालयलाई ठुराे राहत मिलेकाे विद्यालयका प्रअ भिम प्रसाद काेईरालाले बताए ।
विद्यालयकाे शैक्षिक व्यवस्थापनलाई थप सुदृढ बनाउन र विद्यालयकाे वातावरणलाई शान्त र सुरक्षितरूपमा पठनपाठन सुचारू गर्न घेराबेरासमेत निर्माण भईरहेकाे छ । गाैरीगंज गाउँपालिकाकाे २ लाख ५० रूपैयाँकाे लागतमा विद्यालयकाे घेराबेरा निर्माण भएकाे हाे ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ८ : ११ बजे