३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंजकाे खजुरगाछी माविमा प्राविधिक वियषकाे पढाई शुरू हुने




गाैरीगंज ३०, जेठ / झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं.६ स्थित खजुरगाछी माविमा प्राविधिक शिक्षालयकाे स्थापना हुने भएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर यादवकाे अध्यक्षतामा बसेकाे भेलाले प्राविधिक शिक्षालय स्थापनका लागि विषय छनाैट गरी सिफारिस गर्ने निर्णय गरेकाे हाे । भेलाले पशु विज्ञान, आईटी र अमिन विषयकाे अध्ययन गरी स्थानीयकाे माग बमाेजिम विषय छनाैट गर्ने निर्णय गरिएकाे थियाे । विद्यालयका प्रअ गहेन्द्र विक्रम साहका अनुसार अाउदाे जेठ मसान्त भित्र तीन वटै विषयकाे अध्ययन गरी प्रतिवेदन तयार गरे पश्चात विषयकाे टुंगाे लगाउने र साेही बमाेजिम गाउँपालिकामा सिफारिस गरिने छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ६ : ४८ बजे