२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

कृषकलाई अनुदानमा कृषि औजार वितरण, अध्यक्ष राजवंशीद्वारा आयआर्जनमा बृद्वि हुने विश्वास



गाैरीगंज ८, जेठ / गाैरीगंज गाउँपालिकाले कृषक तथा कृषक समुहलाई कृषि औजार अनुदानमा वितरण गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले मकै छाेड्याउने मेसिन, पावर टेलर, माेटर र स्प्रे टेङ्की ६० देखि ७५ प्रतिशत अनुदानमा आज साेमवार वितरण गरेकाे हाे ।
गाैरीगंज गाउँपालिका कृषि विकास र पशु सेवा शाखाकाे आयाेजनामा भएकाे वितरण कार्यक्रममा ६० थान स्प्रे टेंकी, ७५ थान सिंचाई माेटर, ८ थान पावर टेलर र २६ थान मकै छाेड्याउने मेसिन वितरण गरिएकाे कृषि शाखा प्रमुख भिमा राईले जानकारी दिईन् । अधिकांस कृषि पेशामा आश्रित नागरिककाे बसाेवास रहेकाे गाैरीगंज गाउँपालिकामा यस किसिमकाे कृषि औजार वितरणले धेरै राहत मिलेकाे कृषकहरूले बताएका छन् । कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष राजवंशीले गाउँपालिका कृषकहरूलाई अनुदानमा कृषि औजार प्रदान गरी कृषकलाई सहयाेग गरेकाे बताईन् । कृषि औजारले कृषककाे बालीनाली उब्जाउमा थप मद्दत मिल्ने र आयआर्जनमा बृद्वि हुने विश्वास लिएकाे अध्यक्ष राजवंशीले ब्यक्त गरिन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं.६ का एक किसानले अनुदानमा कृषि औजारहरू उपलब्ध गराएकाेमा धेरै राहत मिलेकाे बताए । कार्यक्रममा गाउँपालिकाकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँर, प्रमुख प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठ, कृषि शाखा प्रमुख भिमा राई, पशु शाखा अधिकृत घनेन्द्र भण्डारी, कर्मचारी नवराज सुवेदी, कार्यपालिका सदस्य अघ्नुप्रसाद राजवंशी, राधा अधिकारी, वडा सदस्य गंगा राजवंशीलगायतकाे सहभागीता थियाे ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ७ : ५६ बजे