४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

‘गाैरीगंज अस्पताल ल्याई छाड्नु भाे अध्यक्ष ज्यु’, डा. काेईराला



गाैरीगंज ५, जेठ / ‘ अस्पतालमा ल्याई छाड्नु भाे अध्यक्ष ज्यु,’- डा. भगवान काेईरालाले गाडीबाट ओर्लनासाथ भन्दै गर्दा अध्यक्ष फूलवती राजवंशीले मन्द हाँसाेसहित न्यानाे स्वागत गरिन् ।छाेटाे संवाद चल्दै गर्दा उपस्थिति प्राय सबैले अनुमान लगाईसकेका थिए कि अध्यक्ष राजवंशीले डा. काेईरालालाई अस्पताल निरिक्षण गराउन यसअघि धेरै कसरत गरेकी रहिछन् ।
नेपालका चर्चित मुटु शल्यचिकित्सक डा. भगवान कोइराला गाैरीगंज आधारभुत अस्पतालकाे आज शनिवार विहान निरीक्षण गरे ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे स्वागत पछि डा. काेईरालाले अस्पतालकाे व्यवस्थापन, भाैतिक संरचनाकाे अवस्था र चिकित्सिकिय सेवाबारे जानकारी लिएका थिए ।
स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले अस्पतालले दिईरहेकाे स्वास्थ्य सेवा, अस्पतालकाे व्यवस्थापन र भाैतिक संरचनाकाे अवस्थाका बारेमा डा. काेईरालालाई अवगत गराएका थिए ।
मसिनाे गरी अस्पतालकाे अवस्थाबारे निरिक्षण गरेका डा. काेईरालाले भाैतिकरूपमा अस्पतालकाे भवन भव्य भएपनि अस्पतालले दिने स्वास्थ्य सेवाबारे चिन्ता व्यक्त गरेका थिए ।
थप भवन नबनाई भएकाे अस्पतालमा थप स्राेत साधन उपलब्ध गराएर नागरिकलाई सेवा सुविधा दिने तर्फ ध्यान जानुपर्ने सुझाव दिदै डा. काेईरालाले अस्पतालकाे अवस्थाबारे बुझ्न पाउँदा सुखद अनुभव भएकाे बताए ।
कार्डियोथोरासिक सर्जन, प्राध्यापक तथा सामाजिक अभियन्तासमेत रहेका डा. काेईराला  नेपालमा ओपन हर्ट सर्जरीको मुख्य श्रेय उहाँलाई नै जान्छ । डा. काेईरालासहित गंगालाल राष्ट्रिय हृदय राेग केन्द्र नर्भिक हस्पिटलका चिकित्सककाे टाेली गाैरीगंज अस्पताल पुगेका थिए । निरीक्षणका क्रममा गाउँपालिकाकी अध्यक्ष राजवंशीले अस्पताललाई थप व्यवस्थित गर्न र अस्पताललाई थप स्वास्थ्य उपकरणहरू काे आवश्यक महसुस भईरहेकाे अवस्थामा डा. काेईरालाकाे आगमनले अस्पताल कर्मचारी र गाउँपालिकालाई सकारात्मक उर्जा मिलेकाे बताईन् । उनले भनिन् – ‘डा. काेईरालालाई अस्पतालमा निरीक्षण गराउन र उहाँबाट आवश्यक सल्लाह सुझाव प्राप्त गर्न आवश्यक थियाे जुन आज अवसर प्राप्त गर्याै ।’

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, वार्ड नं.६ का वडा अध्यक्ष बद्रीनारायण यादव, वडा सदस्य गंगा राजवंशी, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र, सुचना अधिकृत सुमन थापा, अनुप शर्मा, वडा सचिव गाेविन्द राजवंशीलगायत स्थानियकाे सहभागीता थियाे ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ६ : २७ बजे