१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

अध्यक्ष कप वडा स्तरिय खेलकुद प्रतियाेगितामा विजेता टिमलाई वार्ड नं. ६ वडा कार्यालय द्वारा स्वागत सम्मान



गाैरीगंज २७, वैशाख / गाैरीगंज गाउँपालिका अध्यक्ष कप वडा स्तरिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट र फुटवल खेलका विजेता गाैरीगंज गाउँपालिका वार्ड नं. ६ काे टिमलाई वडा कार्यालयले स्वागत गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादव, प्रहरी सहायक उपरिक्षक अस्मिन थापा, कार्यपालिका सदस्य राधा अधिकारी वडा सदस्यहरू माे आसामुदिन मियाँ, नितेश साह, वडा सचिव युवराज दाहाल, पत्रकार आत्माराम राजवंशीलगायतले खादासहित अविर लगाई आज स्वागत गरेकाे हाे ।
उपाधि विजेता वार्ड नं. ६ काे टिमले फुटवल खेलका लागि ३५ हजार चेकसहित ट्रफि मेडल र क्रिकेट खेलका लागि ३१ हजारकाे चेकसहित ट्रफी र मेडलले पुरस्कृत भएका थिए । फुटवल खेलका
टिम क्याप्टेन प्रविण विक र क्रिकेट खेलका टिम क्याप्टेन जनम भुजेल थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ११ : १७ बजे