४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

क्यान्सर पिडित पुर्णी राजवंशीलाई उपचारका लागि सहयाेगकाे याचना



गाैरीगंज ७, वैशाख/ ‘श्रीमतिलाई लिभरमा क्यान्सर भएकाे पत्ता लागेकाे थाहा पाएपछि कति दिन सम्म बाच्छिन भन्न सक्दिन । गरिब छौ सर। श्रीमति पुर्णी राजवंशीलाई क्यान्सर रोग लाग्यो। खेती किसानी मजदुरी गरेर जिवीकाेपार्जन गर्ने उनी उपचार गरेको डाक्टरले लिभरमा क्यान्सर छ भन्छन।’ गाैरीगंज गाउँपालिका वार्डनं. १ महाभारा बस्ने अन्दाजी वर्ष ५५ का माघु राजवंशी मलिन स्वर बनाउदै भने, ‘ शुरू शुरूमा केही महिनादेखि अलि अलि बिरामी हुन सुरु गरेकी हो। अस्पतालमा उपचार गर्दा भए भरको सबै पैसा सके। अब घरबास बाहेक केही छैन। तिन लाख जति सकियो। अब बाँकी केही छैन।’

भरतपुर क्यान्सर अस्पतालमा उपचार गर्दा गर्दै भएभरकाे पैसा सकेपछि क्यान्सर पिडित पुर्णाी राजवंशीलाई घरमै राखिएकाे छ । स्वास्थ्यमा सुधार नभएकाे र परिवारकाे आर्थिक अवस्था कमजाेर भएकाेले उनकी श्रीमान माघु राजवंशीले सहयाेगकाे याचना गरेका छन् ।

पटक -पटक भरतपुर क्यान्सर अस्पताल र विर्तामोडकाे विएनसी अस्पतालमामा उपचार गर्दा गर्दै उनीहरूसंग रहेकाे रकम र आफन्तहरूसंग ऋणपान गरेर सकियाे अब कुनै बाटाे रहेनछ राजवंशी समाज विकास समिति वार्ड नं. १ का अध्यक्ष केशव कुमार राजवंशीले बताए ।
परिवारकाे अवस्था कमजाेर भएकाे र थप उपचार गर्ने रकम नभएकाेले आर्थिक सहयाेगका लागि सहजता ल्याउन गाैरीगंज गाउँपालिका वार्ड नं. १ वडा कार्यालयले आर्थिक सहयाेगका लागि सिफारिस गरेकाे वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।

उपचारमा सहयोग गरिदिनका लागि शिवगंज शाखाकाे राष्ट्रिय वाणिज्य बैंकमा माघु राजवंशीकाे नाममा a/c 2170100005169010
खातामा पैसा जम्मा गरिदिन परिवारले अपिल गरेको छ। 
विरामीकाे अवस्थाबारे र अन्य जानकारीकाे लागि राजवंशी समाज विकास समिति वार्ड नं. १ का अध्यक्ष केशव कुमार राजवंशीकाे फाेन नं. 9813770056/ 9862496788 र हरिहर प्रसाद राजवंशीकाे फाेन नं. 9816083361 मा सम्पर्क गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ९ : ०६ बजे