२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मातातीर्थ औंसीकाे अवसरमा ३३ जना जेष्ठ नागरिकलाई सम्मान



गाैरीगंज ७, वैशाख / मातातीर्थ औंसीको अवसरमा जेष्ठ नागरिकहरूलाई फलफूल, जुस, पानी तथा साडी सम्मान स्वरूप प्रदान गरिएकाे छ ।
स्वतन्त्र जेष्ठ नागरिक भजन किर्तन मण्डली गाैरीगंजले भजन किर्तन मण्डलीका ३३ जना जेष्ठ नागरिकहरूलाई गाैरीगंज गाउँपालिका वार्ड नं.६ स्थित शिवालय मन्दिरकाे हलमा आज विहिवार जेष्ठ सम्मान कार्यक्रमकाे आयाेजना गरी दाेसल्ला ओढाएर सम्मान गरिएकाे हाे ।
गाैरीगंज गाउँपालिका वार्डनं. ६ का वडा अध्यक्ष बद्री नारायण यादवकाे प्रमुख आतिथ्यतामा भएकाे जेष्ठ सम्मान कार्यक्रमकाे अध्यक्षता स्वतन्त्र जेष्ठ नागरिक भजन किर्तन मण्डली गाैरीगंजका अध्यक्ष रामकृष्ण यादवले गरेका थिए । गाैरीगंज गाउँपालिकाकी कार्यपालिका सदस्य राधा अधिकारी, रम कुमारी विक, वडा सदस्यहरू माे. आसामुदिन मियाँ, नितेश साह, समाजसेवी तथा शिक्षा प्रेमी नसिरउदिन मियाँलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कितर्न मण्डलीकी मैया देवी थपलिया र सत्यनारायण राजवंशीकाे स्वागत रहेकाे कार्यक्रमकाे सञ्चालन कितर्न मण्डलीकी सचिव विष्णु कुमारी जाेशीले गरेकी थिईन ।
यस दिन नेपाली समाजमा आमा भएकाहरुले मीठामीठा परिकार बनाएर आमालाई खुवाउने र नयाँ कपडा लगाइदिएर आशिर्वाद लिने चलन छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ७ : ५७ बजे