४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कार्यक्रमकाे खाकासहित नेपाली कांग्रेस गाैरादह नगर समितिद्वारा क्यालेन्डर विमाेचन




गाैरादह २, वैशाख / पार्टीले गर्ने बर्ष भरिकाे कार्यक्रमकाे खाकासहित नेपाली कांग्रेस नगर समिति गाैरादहले आज शनिवार एक कार्यक्रमकाे आयाेजना गरी वार्षिक क्यालेन्डर विमाेजन गरेकाे छ ।
नेपाली कांग्रेस जिल्ला समिति झापाका सभापति देउमान थेवेले उत्त वार्षिक क्यालेन्डर विमाेचन गरेका हुन् । पार्टी सभापति थेवेसहित क्यालेन्डर विमाेचनमा नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमिति सदस्य तथा अध्यक्ष फुलवती राजबंशी, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी , महाधिवेशन प्रतिनिधि तथा पुर्व नगर प्रमुख रोहित कुमार साह, क्षेत्र ५ प्रदेश (क) सभापति जीवन कुमार राई, क्षेत्र ५ प्रदेश (ख) सभापति रवि केसी, महाधिवेशन प्रतिनिधि राम कुमारी पाैडेल, पुर्व संविधानसभा सदस्य विश्वदिप लिङ्देन, प्रजातान्त्रिक सेनानी वीर बहादुर प्रसाई, नेपाली कांग्रेस कमल गाउँपालिका सभापति बुद्वीराज न्याैपानेलगायतले साथ दिएका थिए ।

नेपाली कांग्रेस गाैरादह नगर समितिका सभापति गाेपाल प्रसाद काेईरालाकाे सभापतित्वमा विपी स्मृति भवनमा भएकाे क्यालेन्डर विमाेचन र शुभकामना अादानप्रदान कार्यक्रममा नेपाली कांग्रेस गाैरादह नगरसमितिले क्यालेन्डर प्रकाशन गरेर पार्टीको गतिविधिलाई चलायमान बनाउने र चुस्त दुरूस्त बनाउन सहयाेग पुर्याउने कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाली कांग्रेस पार्टी सभापति थेवेले बताए ।

क्यालेन्डरमा नव वर्ष २०८० सालमा नगर समिति, वडा समिति, भातृ संगठनलगायत शुभेच्छुक संघ संस्थाहरू गर्नु पर्ने वार्षिक कार्यक्रमहरू तय गरिएकाे छ । क्यालेन्डरमा जम्मा ३४ वटा कार्यक्रम रहेका छ्न् । जसमा ६५ जना नेताहरूलाई आर्थिक भार सहितको संयोजन र ब्यबस्थापनको जिम्मा दिईएको छ । साथै २१० नेता तथा कार्यकर्तालाई कार्यक्रममा सहयोग र सहकार्यताका लागि पार्टीले अनुरोध गर्नुका साथै अपिल गरेको छ ।
नेपाली कांग्रेस नगर समितीको उक्त क्यालेन्डरको कार्यक्रम भित्र क्षेत्र नं ५ र प्रदेश “क “को समेत एक/ एक गौरादह केन्द्रित कार्यक्रमहरु राखेको छ। नगर समितिका दुई वटा कार्यक्रम रहेका छ्न भने बाकी कार्यक्रमहरु वडाहरु , भातृ संगठन र शुभेच्छुक संस्थाका रहेका छ्न् ।
कार्यक्रममा सेवा मुखी र प्रत्यक्ष जनताका सुख र दु:खमा जोडिएका कार्यक्रमहरु संयोजन गरेको नगर सचिब माधब कोईरालाले बताए ।
न्यानो कपडा बितरण ,स्वास्थ सम्बन्धि शिबिरको कार्यक्रम ,डस्टबिन बितरण र सरसफाइ कार्यक्रम , झुल बितरण कार्यक्रम , रक्त दान कार्यक्रम , माता तिर्थ औशिको कार्यक्रम , कुशे औशिको कार्यक्रम , बृक्ष रोपणको कार्यक्रम लगायतका कार्यक्रम रहेका छ्न । ती बाहेक खेलकुदको कार्यक्रम , हाजिरी जवाफको कार्यक्रम , दिप प्रज्जलनको कार्यक्रम , प्रशिक्षण सप्ताहको कार्यक्रम , सांस्कृतिक कार्यक्रम , किशान सम्मानको कार्यक्रम ,प्रजातान्त्रिक योद्धाहरुलाई सम्मानको कार्यक्रम र अन्य थुप्रै कार्यक्रमहरु रहेका छ्न् ।
कार्यक्रममा कांग्रेस झापा जिल्ला सभापति देउमान थेबे, नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमिति सदस्य तथा अध्यक्ष फुलवती राजबंशी, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी , महाधिवेशन प्रतिनिधि तथा पुर्व नगर प्रमुख रोहित कुमार साह, क्षेत्र ५ प्रदेश (क) सभापति जीवन कुमार राई , र बिपि अध्ययन प्रतिष्ठान नगर समितिका अध्यक्ष कोमल प्रसाद ढुंगाना लगायतले शुभकामना मनतब्य राखेका थिए । क्यालेन्डर प्रकाशनका परिकल्पनाकार काेमल प्रसाद ढुंगानाले क्यालेन्डरमा उल्लेखित वार्षिक कार्यक्रमकाे बारेकाेमा जानकारी गराएका थिए ।
क्यालेन्डर प्रकाशन समितीमा संयोजक माधब कोईराला , गोपाल बराल, राजु घिमिरे ,ईन्दिरा पोखरेल , कोमल प्र ढुंगाना र लक्ष्मी धमला रहेका छन् भने उक्त क्यालेण्डरको प्रस्तावक /संयोजन र परिकल्पनाकार कोमल प्रसाद ढुंगानाले गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ८ : ३० बजे