४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाली कांग्रेस गाैरीगंजका ४ वटा वडा समितिलाई दराज वितरण




गाैरीगंज १८, चैत / नेपाली कांग्रेस गाैरीगंज गाउँपालिकाे आयाेजनामा आज एक कार्यक्रमकाे आयाेजना गरी दराज वितरण गरिएकाे छ ।
नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य तथा पुर्व सांसद महेन्द्रा लिम्बु र नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ का सभापति ढुण्डीराज भण्डारीकाे संयुक्त सहयाेगमा गाैरीगंज गाउँपालिकाका ३,४, ५ र ६ वटा वडा समितिलाई दराज वितरण गरिएकाे हाे ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व सांसद महेन्द्रा लिम्बुकाे प्रमुख आतिथ्यतामा नेपाली कांग्रेसकाे काेशी प्रदेश कार्य समिति सदस्य तथा गाैरीगंज गाउँपालिका अध्यक्ष फूलवती राजवंशी, प्रदेश कार्य समिति सदस्य भुमिराज राई, क्षेत्रिय सभापति ढुण्डीराज भण्डारीले संयुक्तरूपमा वडा कार्य समिति सञ्चालनका लागि सभापतिहरूलाई स्टिल दराज हस्तान्तरण गरिएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित स्नाेह्वाईट बाेर्डिङ्ग स्कुलकाे सभाहलमा सम्पन्न कार्यक्रममा वडा नं. ३ का सभापति यादव श्रेष्ठ, वडा नं. ४ का सचिव दिवस राजवंशी, वडा नं. ५ का सभापति सन्ताेष कुमार गन्गाई, वडा नं. ६ का सभापति बद्रीनारायण यादवले दराजकाे चाबी लिएका थिए । नेपाली कांग्रेस पार्टीको मुख्य मियाे वडा कार्यसमिति भएकाेले चलायमान राख्न वडा समितिलाई दराज वितरण गरिएकाे कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व सांसद महेन्द्रा लिम्बुले बताईन् । पार्टी संगठनलाई मजबुत र चलायमान राख्न यस किसिमकाे कार्यक्रमले थप बल पुग्ने भएकाेले आफुले दराज सहयाेग गरेकाे केन्द्रीय सदस्य लिम्बुले बताईन् । नेपाली कांग्रेस पुर्व जिल्ला सदस्य तथा निवर्तमान गाैरीगंज उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत गरेकाे कार्यक्रममा महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यहरू, प्रदेश सभापति, पुर्वी महाधिवेशन प्रतिनिध, क्षेत्रिय समितिका पदाधिकारीहरू, पालिका सभापतिहरू, गाउँ समितिका पदाधिकारीहरू, वडा सभापतिहरू, क्षेत्रिय प्रतिनिधिहरू तथा क्रियाशिल सदस्यहरूलगायत भातृ संघ संस्थाका पदाधिकारीहरूलगायतकाे सहभागीता थियाे ।
नेपाली कांग्रेस गाैरीगंज गाउँपालिकाका सभापति अघनु प्रसाद राजवंशीकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे सञ्चालन गाउँकार्य समितिका सचिव गाेपाल प्रसाद ताजपुरियाले गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ४ : २४ बजे