१६ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025

कक्षा ८ काे परिक्षा अध्यक्ष राजवंशीद्वारा अनुगमन, मापदण्ड र मर्यादितरूपमा सञ्चालन गर्न सुझाव



गाैरीगंज ७, चैत / गाैरीगंज गाउँपालिकामा आज मंगलबार देखि शुरू भएकाे कक्षा ८ काे वार्षिक परिक्षा गाउँपालिकाकाे शिक्षा समितिले अनुगमन गरेकाे छ ।
 
गाउँपालिका अध्यक्ष तथा शिक्षा समिति संयाेजक फूलवती राजवंशी, शिक्षा शाखा प्रमुख टंक खरेल, सामाजिक विकास समिति संयाेजक कार्तिकलाल राजवंशी, समिति सदस्य गहेन्द्र विक्रम साह सहितसहभागि भई संस्थागत विद्यालयमा शुरू भएकाे परीक्षाकाे अनुगमन गरेका छन् । गाैरीगंज – ३ स्थित ज्ञानकुञ्ज एकाडमी, गाैरीगंज -६ स्थित युनिभर्सल एकाडमी र देवकाेटा माविमा अनुगमन गरिएकाे थियाे ।
शिक्षा समितिले ताेकेकाे मापदण्ड र परीक्षा मर्यादित रुपमा सञ्चालन भए नभएकाे बुझ्न समितिले अध्यक्ष राजवंशी नेतृत्वमा अनुगमन गरिएकाे शिक्षा शाखा प्रमुख टंक खरेलले जानकारी दिएका छन् । अनुगमन पश्चात शिक्षा शाखा प्रमुख खरेलले परिक्षा मर्यादित र मापदण्ड बमाेजिम परिक्षा सञ्चालन गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ५ : ५० बजे