५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरीगंजमा दृष्टि अपाङ्गता भएका नागरिकलाई १५ दिने ब्रेललिपि तालिम




गौरीगंज १७, फागुन / गौरीगंज गाउँपालिकाका दृष्टि अपाङ्गता भएका नागरिकहरुलाई बे्रललिपी सिप विकास तालिम दिइएको छ । गौरीगंज गाउँपालिकाको आर्थिक सहयोग र गौरीगंज अपाङ्ग सहयोग समितिको आयोजनामा १५ दिने तालिम दिइएको हो
गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले मंगलवार भएको समापन कार्यक्रममा सहभागि दृष्टि अपाङ्गता भएका नागरिकहरुलाई तालिमको प्रमाणपत्र प्रदान गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी अध्यक्ष राजवंशीले बे्रललिपी सिप सिकाईले अन्तरनिहित लुकेर रहेको प्रतिभालाई प्रस्टफुटन गर्ने विश्वास गरेकी सुनाइन् । गाउँपालिकाले आगामी दिनमा अपाङ्गता भएका नागरिलाई थप सहयोग गर्ने अध्यक्ष राजवंशीले बताइन् । गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरले लुकेर रहेको प्रतिभालाई यस सिपसिकाईले बाहिर ल्याउने कार्यमा थप सहयोग गर्ने बताईन् । अपाङ्गगता भएका नागरिकहरु मानसिकरुपमा तेजिलो र क्षमतावान हुने भएकाले उनीहरुलाई गाउँपालिका ब्रेललिपी सिपसिकाई उपलब्धिमुलक भएको उपाध्यक्ष कुवँरले बताइन् । गौरीगंज अपाङ्ग सहयोग समितिका अध्यक्ष शेरबहादुर बुढाथोकीले अपाङ्गता भएका नागरिकहरुका लागि प्रर्याप्त वजेट नछुट्याएको भन्दै गुनासो गरेका थिए । लक्षित वर्गको रकममध्ये पनि अपाङ्गलाई दिइएने वजेट अत्यन्तै न्युन रहेको ध्याकार्षण गराउँदै अध्यक्ष बुढाथोकीले आगामी दिनमा गाउँपालिका यसकिसिमको भेदभाव नगरिदिन आग्रह गरेका थिए । । गौरीगंज अपाङ्ग सहयोग समितिको कार्यालयमा भएको तालिमको सहजिकरण मुकेश मोचीले गरेका थिए भने गौरीगंज गाउँपालिका भित्रका १० जना अपाङ्गता भएका नागरिकहरुको सहभागिता रहेको थियो । उत्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सन्तोष श्रेष्ठ, शिक्षा शाखा प्रमुख टंक खरेल, कर्मचारी जाेसना गन्गाई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ११ : ५७ बजे