३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

जनसेवी पुर्व प्रधानपञ्च प्रसाईकाे अन्त्येष्टि गरिदै





गाैरीगंज १०, माघ/ तत्कालिन कोहबरा गाउँ पन्चायतका प्रधानपञ्च गोपाल कृष्ण प्रसाईको ८२ वर्षको उमेरमा निधन भएको छ।
लामो समय देखि मधुमेह र प्रेसर रोगका कारण शिथिल रहेका प्रसाईंको आफ्नै गृहनिवास गौरादह नगरपालिका वार्ड ६ कोहबरामा सोमबार दिउसो १:३० बजे निधन भएको हो।  २०४६ सालको जनअन्दोलन भन्दा अगाडी १५ वर्ष सम्म अर्थात २ कार्यकाल निरन्तर प्रधानपञ्च रहेका प्रसाई २०४६ मा बहुदलिय व्यवस्था पुनर्स्थापना भए पश्चात नेपाली कांग्रेसमा सक्रिय सदस्य रहनु भएको थियो।

तत्कालीन नेपाली कांग्रेस पार्टीकाे जिल्ला कमाण्ड नेता भरतबाबुले लिदै गर्दा पार्टीकाे सम्पूर्ण गतिविधिकाे जिम्मेवारी गाेपाल कृष्णले नै लिएका थिए । उनकाे अनुकरणीय क्षमता, निडर र हक्की स्वभावले पार्टी वृतमा उनकाे निकै चर्चा चल्ने गर्थ्याे । सामाजिक कार्यहरूमा सक्रिय रहने स्व. प्रसाईं गाैरादह -६ मा स्वास्थ्य चाैकी निर्माणका लागि १० कठ्ठा जग्गा नि:शुल्कमा दान दिएका थिए । पार्टीप्रतिकाे लगाव र समर्पणले पार्टी कार्यालय स्थापनाका लागि डेढ कठ्ठा जग्गा दिई भवनसमेत निर्माण गरेका छन् । जनसेवामा समर्पित भएकै कारण २ कार्याकाल गाउँपञ्चायतका प्रधानपञ्च भएका प्रसाईंकाे निधनले नेपाली कांग्रेस पार्टीलाई अपुर्ण क्षति ब्याेर्नुकाे साथै पार्टीकाे एक कुसल अभिभावक गुमाएकाे पुर्व क्षेत्रिय सभापति तथा प्रजातान्त्रिक सेनानी विरबहादुर प्रसाईंले बताए ।

८ वर्ष अगाडी आफ्नी धर्म पत्नीको निधन पश्चात विछिप्त रहनु भएका प्रसाई पछिल्लो समय घुँडा दुख्ने समस्या बाट समेत ग्रस्त हुनुहुन्थ्यो।
४ छोरा र १ छोरी रहेका प्रसाईंका जेष्ठ सुपुत्र अनिल कृष्ण प्रसाई, राेहन प्रसाईं, देबेश प्रसाईं, तारिणी प्रसाईं र छाेरी टीका प्रसाईं उप्रेती छन् । जेष्ठ सुपुत्र अनिलकृष्ण प्रसाईं नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी, बिपी स्मृति प्रतिस्ठान झापाका अध्यक्ष हुनुहुन्छ भने कृषि विज्ञानमा स्नातोकत्तर गर्नु भएका प्रसाई निजी क्षेत्रको रुपमा स्थापित रहेको पुर्वाञ्चल कृषि क्याम्पस गौरादहका प्रमुख समेत रहनु भएको छ।स्व. प्रसाईको अन्त्यष्ठी आज बिहान १० बजे कन्काई माईमा हुने पारिवारिक श्रोतले जनाएको छ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ९ : ५० बजे