१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

गाैरीगंज -६ काे खजुरगाछीमा धमाधम ढल निर्माण हुदैँ



गाैरीगंज ५, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछीमा ढल निर्माण हुँदै छ । संघिय सरकारकाे ४० लाख रूपैयाँ र गाउँपालिकाकाे ४९ लाख रूपैयाँकाे साझेदारी लागतमा ढल निर्माण भईरहेकाे गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले बताईन् । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी अन्तर्गत सतिश दासकाे घर देखि उतर कृष्ण उप्रेतीकाे घर सम्म र नयाँलाल राजवंशीकाे घर देखि पुर्व तुफानी घरसम्मकाे करिब११ सय मिटर लम्बाई ढल निर्माण भईरहेकाे वार्ड नं. ६ का वडा अध्यक्ष बद्री नारायण यादवले जानकारी दिए । बर्षातकाे समयमा पानी निकास नभई घर अागनमा पानी पस्ने, हिडडुल गर्न समस्या हुने र पानी जम्मा भई दुर्गन्धित हुने भएकाेले स्थानियकाे माग बमाेजिम ढल निर्माण गर्न लागिएकाे वार्ड अध्यक्ष यादवले बताए । त्यैसैगरी उत्त बाटाेमा ढल निर्माण भई उच्च स्तरिय बाटाे निर्माण भईसकेकाे पर्वत राजवंशीकाे घरदेखि कृष्ण उप्रेतीकाे घरसम्म क्रमागत निर्माण गर्ने याेजना अनुरूप पिच निर्माणका लागि ३० लाख रूपैयाँ गाउँपालिका स्तरिय बजेटबाट थप रकम विनियाेजन गरेकाे उनले बताए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ५ : ५७ बजे